logo
  • शनिबार, भाद्र २० २०८३

मलेसियामा थप ६ जना नेपालीमा देखियो कोरोना सङ्क्रमण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

मलेसिया ।
मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ । योसहित अहिलेसम्म मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमितमध्ये तीन जना भने निको भएर काममा फर्किएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो । सङ्क्रमित सबैजना पुरुष रहेको र सबैको अवस्था सामान्य रहेको राजदूत पाण्डेले बताउनुभयो ।

तीन जना निको भएर फर्किएको भए पनि बाँकी ६ जनाको उपचार भइरहेको छ । मलेसियामा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै भएकाले क्षेत्रगत हिसाबमा आज सोमबारदेखि मलेसियाले लकडाउन पनि केही खुकुलो बनाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि १२ मेसम्म लकडाउन घोषणा गरेको थियो ।

मलेसियामा अहिलेसम्म ६३ सय ५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ४४ सय ८४ जना निको भएका छन् भने १७ सय ६४ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोनाका कारण १०५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend