साझा नेटवर्क
बाबुराम थापा, मलेसिया ।
लकडाउनको कारण नेपाल जान नपाउदा मलेसियामा एक युवकले आत्माहत्या गरेका छन । मलेसियाको आवाप सेभ गार्ड कम्पनीमा कार्यरत सप्तरीका इन्दल कुमार यादबले नेपाल जान नपाएपछि मङगलबार बिहान आत्माहत्या गरेकाेे खुलेकाे छ ।यादव ३ महिना पहिले इम्प्रेरीयल इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौंबाट मलेसिया गएका थिए ।

उनी एकहप्ता काम गरे पश्चात नेपाल फर्कने भन्दै काम छोडेर मलेसियाकाे क्वालालम्पुर स्थित सेन्तुल होस्टेलमा बस्दै आएका थिए । कम्पनीले म्यानपावर कम्पनी संग कुरा गरेर नेपाल फर्काउने तयारी गरेको थियो । तर मलेसियामा एमसिओ र नेपालमा लकडाउन भएको कारण नेपाल जान नपाएकाे आवाप सेभ गार्ड मै कार्यरत उनका साथिहरुले जानकारी दिए ।
यादबले यस अघि पनी २ हप्ता पहिले आत्मा हत्याको प्रयास गरेका थिय तर साथिहरुलेनै हस्पिटल लगेर उपचार गरी बचाएकाे साथिहरुकाे भनाई छ । गत राति ड्युटीबाट आएका साथीहरु सुतेपछि आज मङ्गलबार बिहान करिब ९:३० बजेको समयमा होस्टेल भित्र झुन्डिएर आत्माहत्या गरेको साथमा रहेका साथिहरु बताउछन ।
मृतककाे शव पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको छ । तर आत्माहत्यको कारण यहि नै हाे भनेर यकिन चाहिँ भएकाे छैन । यधपी साथिहरुका अनुसार उनी नेपाल जान नपाएकोमा एकदमै चिन्तित थिए ।
विश्वभरि फैलिएकाे काेराेना महामारीको राेकथाम तथा नियन्त्रणकाे लागि अहिले मलेसियामा एमसिओ चौथो चरणकाे नियन्त्रण आदेश चलिरहेकाे छ । भने नेपाल पनि लकडाउनमा छ । यतिबेला लकडाउनका बिच नेपाल फर्किने तयारीमा रहेका कयौं नेपालीहरु मलेसियामा अलपत्र परेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend