साझा नेटवर्क
अनिल पराजुली, कतार बैशाख ११।
कतार सरकारले कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ जना नेपालीहरुलाई आममाफी दिने घोषणा गरेको छ । नेपाली दूतावास दोहा कतारले बिहिवार आफ्नो पेज मार्फत जेल जीवन बिताईरहेका नेपालीहरुलाई कतार सरकारले आममाफी दिने घोषणा गरेको जानकारी दिएको हो ।
बिश्व नै कोरोना संक्रमणको महामारी रहेको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कैदीहरुलाई आममाफी दिने घोषणा सार्वजनिक गरिएको हो । दूतावासले कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु रिहाई हुने जानकारी दिएको छ । रिहाई हुनेहरुमा १३ जना लागू औषध कोरोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend