साझा नेटवर्क
सागर भण्डारी, चैत्र २१ गुल्मी । मुसिकोट नगरपालिकाले भारतबाट फर्किँदा बुटवलमा अलपत्र बनेका ७ जनालाई उद्धार गरेको छ । भारतबाट बुटबलसम्म आएका उनीहरु लकडाउनका कारण अलपत्र परेको भन्ने खबर आफुले सुन्नासाथ त्यहाँस्थित एक होटलमा राखिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
भारतबाट सुनौलीसम्म यातायातमा र त्यसपछि पैदल हिँड्दै बुटबल आएका मुसिकोट नगरपालिका ४ का ७ जनालाई उद्धार गरेर होटलमा राखिएको उहाँले जानकारी दिनुभयो ।
तत्काल उनीहरुलाई ल्याउन पनि सम्भव नरहेको र नगरपालिकाले खर्च बेहोर्नेगरी होटलमा राखिएको उहाँले बताउनुभयो । उनीहरुलाई आफ्नो घरसम्म ल्याउनका लागि प्रयास भईरहेको उहाँको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend