logo
  • शनिबार, कार्तिक २२ २०८३

मुसिकोटमा चैते दशैको पुजा विधिपुर्वक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सूर्य सुनार, गुल्मी चैत्र १९।
मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको खङ्गका देवता मन्दिरमा यस बर्षको चैते दशैको नियमित पुर्जा आराधना सम्पन भएको छ ।

विश्वभरी फौलिएको कोडिभ १९ तथा कोरोना भाइरसको कारण यस वर्षको चैते दशैको पुजा आराधना गरिएको तथा भक्तजनहरुले भाकल गरी ल्याउने हुने पुजा सामग्री तथा वली लाई पूर्ण रुपमा निषेध गरिएको तर नियमित पुजा आराधन गरिएको वडागाउँ ज्ञानकुन्ज इङ्गलिस बोङ्गिड स्कुलका प्रिन्सीपल बसन्त अधिकारीले जानकारी दिनुभयो ।

खङ्गका देवताको पुजा आराधन गर्न पहिलाका वर्षमा धरम्लवीको घुइचो हुने गदथ्यो । तर यस वर्ष भने विश्वभर फौलिएको कोरोना भाइरसको कारण सरकारले लगाएको लकडाउनको सहीपालना गरी नियमित पुजा सामान्य रुपमा २ जना पुजारीले पुजा गरेका थिए ।

साथै केही पुजा व्यवस्थापन समितिका पदअधिकारीले १ मिटरको फरक बसी पुजा आराधना गरिएको खङ्गका देवता पुजा व्यवस्थापन समितिका अध्यक्ष पदम सिहं ठकुरीले बताउनुभयो । हामीले पुजा गर्दा भगवन संग कोरोना भाइरस विश्व बाट नै निरुतसाहीत होसभनी भगवन संग प्राथना गरी पुजा गरिएको बताउनुभयो ।

चैते दशैमा पुजा गर्न नपाएका तथा भाकल र पुजा सामग्री भगवनलाई चठाउन नपाएका धरम्लवीहरु लाई आउँदो बडा दशैंमा तपाइका भाकल तथा पुजा सामग्री चठाउन सकिने पनि पुजा व्यवस्थापन समितिका अध्यक्ष पदम सिहँ ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend