logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचाहन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी चैत १८ ।

गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचाहन भएको छ । बेवारिसे अबस्थामा फेला परेको शब जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षिय सुरज गन्दर्व रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

गन्दर्वको शब सोमवार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–४ भगलाम स्थित छल्दीपनाहा देखी ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर तल पानी बग्ने भलको बगरमा फेला परेको थियो । घरमा परिवारका अन्य सदस्यहरु नरहेको र श्रीमती पनि ९ वर्ष पहिले अनेत्र पहिला गएको प्रहरीले जनाएको छ ।

गाउँमा गीत गाउँनेसँगै ज्याला मजुर गरेर हिड्ने गन्दर्व गत मंसिरबाट घरमा नआएको प्रहरी निरिक्षक पुनले बताए । शब पहिचाहनसँगै परिवारलाई बुझेर सदगद गरेको प्रहरीले जनाएको छ । मृतक गन्दर्वको मृत्यु कसरी भएको भन्ने बारे भने केहि खुलेको छ्रैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend