logo
  • शनिबार, साउन ९ २०८३

भारतबाट आएका ३ जना सहित मुसिकोटमा ६ जना क्वारेन्टाईनमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सागर भण्डारी,गुल्मी चैत १७ ।

मुसिकोट नगरपालिकामा भारत लगायतका बाहिरी मुलुकबाट आएका ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ । कोरोनाको सक्रंमण बढ्दै गएसगैं भारतबाट आएका ३ जना र मुसिकोट नगरपालिका भन्दा बाहिरबाट बाटोमा हिँड्दै आएका ३ जनालाई कवारेन्टाइनमा राखिएको हो ।

केही दिन पहिले भारतबाट आएका मुसिकोट ५ वडागाउँका ३ जना मध्ये एकजनामा ज्वरोको लक्षण देखिएपछि सगैं आएका २ जनालाई पनि सतर्कताका लागि वडागाउँको धारापानी प्राविमा रहेको क्वारेन्टाईनमा राखिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ । उनीहरुको स्वास्थ्य परिक्षण गरिएको र कोरोना सग मिल्दो जुल्दो कुनै लक्षण नेदेखिएको भएपनि अझै केहीदिन क्वारेन्टाईनमै राखिने उहाँले बताउनुभयो ।

यस्तै बाटोमा हिँड्दै आएका ३ जनालाई पनि मुसिकोट ५ आँपचौरंको एक खालि घरमा राखिएको छ । बाहिरबाट हिँड्दै आएको हुनाले पूर्वसतर्कता स्वरुप क्वारेन्टाईनमा राखिएको र उनीहरुको पनि स्वास्थ्य परिक्षण भईसकेको साथै निगरानीमा राखिएको नगरप्रमुख सापकोटाले बताउनुभयो ।

यसबाहेक मुसिकोट नगरपालिकामा अहिलेसम्म कुनै पनि सक्रंमण नभेटिएको र अवस्था सामान्य रहेपनि सतर्कता भने सम्पूण नगरबासीहरुले अपनाउनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend