साझा नेटवर्क
सूर्य सुनार,गुल्मी चैत्र १७ ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पेगा निम्न माध्यामिक विद्यालयमा १५ सैयाको क्वारेन्टाइन स्थापना गरिएको गरिएको छ । आइतबार लकडाउनको ७ दिन सम्म वडा बासिले अनाअवश्यक बाहेक बाहिर ननिस्किएको र लकडाउनको सहि पालना गरि सरकारलाई सहयोग गरेको वडा अध्यक्ष कर्णध्वज जि . सीले बताउनुभयो ।
लकडाउनको आईतबार सम्म वडामा ६८ जना वैदेसिक रोजगार तथा स्वदेशबाट आएको र भारतबाट ४६ जना , काठकाडौंबाट ३ जना बुटवलबाट १५ जना गरी रोजगार र स्वादेश बाट आएको वडा अध्यक्ष जिसीले बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र बैदेशिक देश भारत बाट आएका वडा नम्बर ४ का ४ जना लाई धारापानी प्राथमिक विद्यालयको क्वारेन्टाइनमा राखिउको वडा अध्यक्ष जिसीले बताउनुभयो । वडामा लकडाउनको प्रभाव परेकोले गरि खाने निम्न वर्गको लागि वडाले तथ्याङ्ग संकलन गर्न सुरु गरेको र आज नै वडा नम्बर ३ मा रहेको जनजागृति माध्यामिक विद्यालयमा ५ सैयाको क्वारेन्टाइन बनाइने वडा अध्यक्ष जि . सीले जानकारी दिनुभयो । त्यस्तै पृथ्वी माध्यामिक विद्यालयक शिक्षक बुद्र बाहदुर पाण्डेले आफुले समाजममा रहेका विभिन्न सामाजिक संस्थाहरु संग मिलेर कोभिड १९ बाट जोगिनका लागि माक्स वितरण देखी जनचेतना कार्यक्रममा सहयोग गरेको बताउनुभयो ।
वडामा रहेका सक्रिय युवा क्लब तथा बाल क्लबले गरेको कार्य उदारणीय भएको भन्दै सहयोग गर्ने लाई वडा अध्यक्ष जि सीले धन्वाद दिनुभयो । साथै कोरोना भाइरस बाट जोगिनका लागि सबैले सरसफाईलाई ख्याल गर्न आग्रह गनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend