साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी चैत १६ ।
धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका विपन्न, गरिब तथा असहय परिवारलाई जैसिथोक समाज गुल्मी, काठमाडौले आर्थिक सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै त्यसबाट प्रभावित परिवारको लागि समाजले आर्थिक सहयोग गर्ने भएको हो ।
समाजले संस्थाका विभिन्न पदाधिकारीहरुबाट दुई हजार पाचँ सय देखि १० हजारसम्म संकलन गरी कुल ९० हजार विपन्न परिवारलाई सहयोग गर्ने भएको हो । जसअनुसार डाक्टर आकाश पोखरेल र सल्लाहकार बाबुराम पोखरेलले १०÷१० हजार सहयोग गर्ने भएका छन् । त्यस्तै योगेश पोखरेल, सल्लाहकारहरु इश्वरी पोखरेल, यमलाल खनाल, ध्रुव पोखरेल, अध्यक्ष इन्द्र पोखरेल, पूर्व अध्यक्ष बाबुराम पोखरेल, राजनप्रसाद पोखरेल, डिवि पोखरेल, वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष राजेश पोखरेल तथा सूर्य पोखरेलले पाचँ÷पाचँ हजार प्रदान गरेका छन् । समाजका पूर्व अध्यक्ष ठाकुरप्रसाद पोखरेल, सचिव रोमाकान्त पोखरेल, कोषाध्यक्ष गोकर्ण भण्डारी, सञ्जय पोखरेल, दिनेश पोखरेल तथा पिताम्बर पोखरेलले प्रति व्यक्ति दुई हजार पाचँ सयका दरले रकम प्रदान गरेको समाजले जनाएको छ ।
उक्त रकम गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको रोहवरमा वितरण गरिने समाजका पूर्व अध्यक्ष राजनप्रसाद पोखरेलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend