logo
  • शनिबार, कार्तिक २२ २०८३

विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी चैत १६ ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेको महिला स्वास्थ्य स्वयम् सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य मुलुकबाट आएका नागरिकहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहने भएकोले उनीहरुको पहिचानको लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।

‘झण्डा राखिएको घर कोहि पनि नजाने र गाउँपालिकाको समुह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौं ।’ उनले भने, ‘यसबाट अन्य तथ्याङ्क संकलनमा पनि सहज हुनेछ ।’ गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गुल्मीदरबार गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्यम्सेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयम् सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए ।

गाउँपालिकामा एक हप्तादेखि स्वास्थ्यकर्मीहरुबीच भिडियो कन्फ्रेन्स हुँदै आएको छ । भिडियोमा दैनिक गतिविधिको समिक्षा गर्ने र योजना बनाउने गरिएको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend