logo
  • शनिबार, कार्तिक २२ २०८३

निर्माण व्यावसायी संघ गुल्मीद्धारा पिपिइ प्रदान


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी चैत १६ ।

निर्माण व्यावसायीसंघ गुल्मीले २० थान पिपिई प्रदान गरेको छ । कोरोना संक्रमणका बेला जिल्लामा पिपई अभावलाई न्यूनिकरण गर्न आफुहरु सहयोगी बनेको संघका जिल्ला अध्यक्ष नारायण पोख्रेलले बताए ।निर्माण व्यावसायी संघका अध्यक्ष पोख्रेल, पुर्व अध्यक्ष बालसिंह काउछा र महासचिव हरि कुमार श्रेष्ट लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत गुल्मी अस्पताल तम्घास र स्वास्थ्य कार्यालयलाई पिपई उपलब्ध गराएका थिए । जिल्लामा यो सामग्री नभएका कारण काममा जोखिम भएको भन्दै चिकित्सकहरुमा मनौबैज्ञानिक त्रास सृजना भएको थियो । यो बिपद्को बेलामा स्वास्थ्यकर्मीहरुलाई काममा मनोवल थप्नकै लागि यो सामग्री सहयोग गरेको संघका महासचीव हरि कुमार श्रेष्टले बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले यो सहयोगले सवैलाई उर्जा थपेको बताउँदै बिपद्मा समन्वय र सहकार्य गर्ने निर्माण व्यावसायी संघलाई धन्यवाद दिए । केहि दिन अघि दुई राष्ट्रसेवक कर्मचारीले गुल्मी अस्पताल तम्घासलाई अत्यावश्यक सामग्री पिपिइ प्रदान गरेका थिए । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय र अहिले बारा जिल्लामा कार्यरत शाखा अधिकृत हुम पाण्डेयले कोरोना भाइसर बिरुद्ध परिचालन हुने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने आठ थान पिपिइ प्रदान गरेका हुन् ।

त्यस्तै नेपाली कांग्रेस रेसुङ्गा नगर सभापति छवि पाण्डेय र जिल्ला सदस्य निर्मला केसीले जिल्ला प्रशासन कार्यालय र जिल्ला कारागार गुल्मीलाई एक सय ४२ सेट माक्स प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend