साझा नेटवर्क
अनिष पाठक,बाग्लुङ चैत १६ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस नियन्त्रण गर्न वडिगाड गााउपालिका वडा नं। ३ कडा नियम बनाइएको छ । शनिबार सिसाखानि उप स्वाथ्य चौकिमा वडा अध्यक्ष खडक बहादुरको पुनको अध्यक्षतमा बसेकोे बैठकले भौगोलिक आधारमा माझ गाउँ किम्ले टोल, किटेनी टोल साल्फेद सिरानी टोल र तारञ्जा टाकर टोल गरी ४ टोलमा बिभाजन गरि एक टोलको व्याक्ती आर्को टोलमा अत्यावश्क अबस्थामा बाहेक जान नपाउने निर्णय गरेको हो । कोरोनाको बाग्लुङमा उच्च जोखिम देखिन थालेपछि यस्तो नियण गरेका वडा अध्यक्ष पुनले जानकारी दिए ।
साथै यस नियमलाइ कडाइका साथ लागु गर्न आजै सिसाखानी उप स्वास्थ्य चौकीका अहेब भत्त बहादुर श्रीसको संयोकत्वमा ५ सदस्सीय समिति समेत गठन गरिएको छ । उक्त समितिले टोलभित्र बिभिन्न कार्यक्रम भोजभतेर अनावश्यक रुपमा मान्छेको आवतजावतमा रोक लगाउने लगाएका काम गर्ने छ । त्यसैगरि बिदेशबाट आएका व्याक्ति १४ दिन सम्म होम क्वारेनटाईन बस्नुपर्ने, कोरोना भाईरस सम्बिन्धी जनचेतना फैलाउने निर्णय समेत गरिएको छ । साथ टोल भित्रका कोहि व्याक्ति बिरामी परेमा स्वास्थ्य चौकिका अहेव भक्त बहादुर श्रीस लाइ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
खड्गदेबी युवा क्लबल
१५ चैत्र, गुल्मी । खड्गदेबी युवा क्लब मुसिकोट नरपालिका वडा नं। २ रात्चौरले विश्वभर फैलिएको कोरोना भाइरसबाट बचनका लागि साबिको मुसिकोट ६ मा निशुल्क माक्स र साबुन वितरण गरेको छ । शनिबार कल्वले ९ सय पिस माक्स र ४ सय पसि हातधुनि साबुन वितरण गरेको कल्वका कोषाध्यक्ष जगत बहादुर अधिकारीले जानकारी दिए ।
वितरण कार्यक्रममा बोल्दै कल्वका अध्यक्ष रविन्द्र केसीले वितरण गरेको माक्सले मात्र पुर्णरुपले भाइरससंग जुध्न नसक्ने भन्दै सम्पुर्णलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन । साथै हालसालै वैदेशिक रोजगारबाट आएकाहरुलाइ पनि आफ्नै घरमा छुटै रुपमा बस्न आग्रह गरेको र कोहि कसैले हेल्चेक्राइ गरेमा कार्बाही गर्ने कल्बले जनाएको छ । त्यस्तै कसैलाइ रुघाखोकी ज्वरो आएमा छिटै नजिकैको स्वास्थ सस्थामा सम्र्पक गर्न आग्रह गर्दै नमस्कार गर्न आग्रह गरेको कल्बका कोषाध्यक्ष जगत ब अधिकारी ले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि जितेन्द्र रायमाझीले २० हजार, बिष्णु रायमाझी ४ हजार चेक कराउन , रामचन्द्र मल्ल ५ हजार सुरेश खराल १ हजार ,रमेश खरेल १ हजार ,महेन्द्र खराल १ हजार लक्ष्मण खत्री ५ सय चेक कराउन ,कृष्ण खत्री ५ सय चेक कराउन ,सुशील खत्री ५ सय चेक कराउन , कृष्ण खराले १ हजार, अर्जुन आचार्य प्रकाश राना मधु खराल द्वारा ५र५ सय, नगद साथै नर बहादुर खत्री, वसन्त खत्री, राजन मल्ल, बिक्रम खत्रीले कुल १र १ सय पिसका दरले साबुन सहयोग गरेको समेत अधिकारीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend