logo
  • शनिबार, कार्तिक २२ २०८३

नमूना बाल क्लबद्धारा निशुल्क माक्स वितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सुर्य सुनार,गुल्मी चैत १५ ।

गुल्मी नमूना बाल क्लबले निशुल्क रुपमा कोभिड १९ को संक्रमण बाट जोगिन माक्स वितरण गरेको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको नमूना बाल क्लबले वडामा रहेका बालबालिका लाई माक्स वितरण गरेको क्लबका उपअध्यक्ष दिपन्सा विश्वकर्मा जानकारी दिनुभयो । बजारमा माक्सको अभाव भएकाले कपडाको माक्स बनाई बालबालिकालाई वितरण गरेको क्लबका सदस्य विनोद बरालले बताउनुभयो । कपडाको माक्स बनाई बालबालिकालाई कोभिड १९ को संक्रमण बाट जोगिन निशुल्क माक्स सिंलाइ गरिदिनु भएकी स्थानिय समाज सेवी रुपा विश्वकर्माले बाल क्लबले यस्तो माहान काम गर्दा आफूले सहयोग गर्दा खुशी लागेको बताउनुभयो ।क्लबले जनचेतनामुलक कार्यक्रम पनि गरेको र बालबालिका व्यक्तिगत सरसफाईमा ख्याल गर्न घरमै गई अभिभावक सचेत गराइएको क्लबका सदस्य विनोद बरालले बताउनुभयो । नमूना बाल क्लबले बालबालिकाको क्षेत्रमा जिल्लामै पहिलो पटक कोभिड १९ बाट जोगिन बाल क्लबले माक्स वितरण गरेको जिल्ला बाल सञ्जाल गुल्मीका सचिब सुर्य सुनारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend