साझा नेटवर्क
राम बहादुर बिश्वकर्मा,प्युठान चैत १४ ।
कोरोनाको त्रासमा मरन्ठाना प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टीका बहादुर कुवरको सक्रियतामा सार्वजानिक रुपमा मास्क बितरण गर्न सुरु गरेर सामाजिक काममा जोड दिन थालेका छन् । मरन्ठाना प्रहरी कार्यालयमा प्रमुख भएर आए संगै कुवरले सामाजिक कामहरुमा जोड दिदै आएका छन् ।
उनकै पहलमा प्युठान नगरपालिका वडा नम्बर १० अन्तर्गतका विभिन्न बस्तिहरुमा बुधबार,निशुल्क रुपमा सर्वसाधरणलाई मास्क र हात धुने साबुन बितरण गरिएको छ । बजारमा सजिलै मास्क पाउन छाडेपछि प्रहरीको सक्रियतामा सर्वसाधराणले मास्क पाउन थालेपछि धेरै जसो सर्वसाधरण खुशि भएको देखिन्छ । कुवरको पहलमा सर्वसाधारणहरुमा नोभल कोरोना भाईरसका बारेमा जानकारी गराउँदै सचेतना अभियान संचालन संगै मास्क बितरण गरेर कोरोना भाईरसका लक्षण र बच्ने उपायका बारेमा स्थानियहरु लाई सचेतना दिएका छन् । प्रहरी सहायक निरीक्षक कुवरले अहिले मुख्य रुपमा देशमै महामारी र हल्लामा रहेको कोरोनाको बिषयमा नागरिकहरुलाई सचेत गराउने उदेश्यले दलित तथा विपन्न समुदायको बसोबास रहेको गाउँमा घर–घरै पुगेर कोरोनाबाट बच्न साबुन पानीले हात धुन, बिरामी परेमा तत्काल अस्पताल जान र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरिएको बताए ।
समाजलाई स्वास्थ्य तर्फ जोड् दिदै सबैलाई आमरुपमा कोरोना बारे सचेतना दिनको लागि यस्तो कार्यक्रम अर्थपूर्ण हुने कुवरको भनाई छ। कार्यक्रमलाई जिल्ला समन्वय समितिका सदस्य रेशमा गिरीले ३ सय थान मास्क र युवा ब्यबसायी बिष्णु गिरीले ३ सय थान हात धुने साबुन निशुल्क प्रदान गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend