साझा नेटवर्क
साझा नेटवर्क,कपिलवस्तु चैत १४ ।
कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ कि ती बालिका छिमेकी युवकबाटै बलात्कृत भएकी हुन् ।
गय राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् । स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धारगरेका थिए । बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ ।
युवक भने फरार भएका छन् । बालिकाको बुबा रोजगारीका लागि भारतमा छन् भने घरमा उनी आमासँग बस्दै आएकी छन् ।
गाउँलेहरु पीडित बालिकासहित जिल्ला प्रहरी कार्यालय तौलिहवा पुगेका छन् । बलात्कृत बालिकाको घाउँजाँच तथा उपचार भइरहेको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगि प्रसाद चौधरीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले घटनाका आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend