logo
  • शनिबार, कार्तिक २२ २०८३

पाल्पाका एक व्यापारिद्धारा लकडाउन अवधिभर उपभोग्य बस्तुहरु वितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स,गुल्मी चैत १४ ।

पाल्पाका एक ब्यापारिले लकडाउनमा घरमै बसेका बिपन्न परिवारहरुलाई दैनिक उपभोग्य बस्तुहरु वितरण गर्दै आएका छन् ।पाल्पा जिल्लाको तानसेन नगरपालिका २ हुलाक चोक मा मोबाइलको ब्यापार गर्दै आएका धर्वेन्द्र गुप्ताले आफ्नो परिवारको सहयोगमा दैनिक १५ परिवारलाई उपभोग्य बस्तुहरु वितरण गर्दै आएका हुन् । सबै मानिसहरु अहिले सरकारको नियम अनुसार घरमै बसिरहेको बेला दिन भर ज्याला मजदुरी गरेर परिवार चलाई रहेकाहरुलाई मध्यनजर गर्दै दाल,चामल र आलु जस्ता उपभोग्य बस्तुहरु बितरण गर्दै आएका छन् । सरकारले लागाएको यो लकडाउन अवधिभर बिपन्न परिवारहरु घरमै सुरक्षीत साथ रहुन भन्ने उद्धेश्यले यस्तो कामको सुरुवात गरेको गुप्ताको भनाई छ ।

कोरोना भाइरसको कारणले विश्वनै संकटमा परिरहेको बेला एक ले अर्कालाई सहयोग गर्नुनै मानवता हो । एक त नेपालीहरु एकअर्कालाई सहयोग गर्नको लागी अग्रसर नै छन् कसैले यो संकटको घडिमा माक्स,सेनिटाइजर,सित्तैमा वितरण गरीरहेका छन् त कोहि घरको भाडामा छुट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend