logo
  • शनिबार, कार्तिक २२ २०८३

मुसिकोट नगरपालिकाको खङ्गका देवता मन्दिरमा स्वास्थ्य सुरक्षाका नियम पालना गरी पुर्जा आराधना गरिने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सुर्य सुनार,गुल्मी चैत १४ ।

मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको खङ्गका देवता मन्दिरमा पुजा व्यावस्थापन समितिको बैठक शुत्रबार सम्पन्न भएको छ ।पूर्जा व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर सिह ठकुरीको अध्यक्षतामा बसेको बैठकले पराम्परा देखी चल्ती चलन अनुसार ऐतिहासिक दरबारमा कोटमा गरिदै आएको चैते दशैको पुर्जा आराधाना गर्ने तर भक्तजनहरुले भाकल गरी ल्याउने हुने पुर्जा सामग्री तथा वली लाई पूर्ण रुपमा निषेध गर्ने र नियमित पुर्जा आराधाना मात्र गरिने र नियमित पुर्जा गर्दा पुजेरीहरु र व्यवस्थापन समितिका पदाअधिकारी मात्रले स्वास्थ्य सुरक्षाका नियम पालना गरी पुर्जा आराधना गरिने निर्णय भएको पुर्जा व्यवस्थापन समितिका सदस्य पे्रम जि. सीले जानकारी दिनुभयो ।

विश्वव्यापि रुपमा फौलिएको कोरोना भाइरसको संक्रमणको कारणले गर्दा सरकारले लगाएको नियम पालना गरि यस्तो निर्णय गरिएको मुसिकोट नगर कार्यपालिका सदस्य सरस्वती घिमिरेले बताउनुभयो । बैठकमा वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्री , वडा नम्बर ३ का अध्यक्ष कर्णध्वज जि सी र वडा नम्बर ४ का अध्यक्ष ओम बहादुर के . सी को बिशेष उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend