logo
  • शनिबार, कार्तिक २२ २०८३

वडाअध्यक्ष खड्काद्वारा गाउँगाउँमा पुगेर मास्क वितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

दिपक खनाल, अर्घाखाँची चैत्र ११ ।
अर्घाखाँची जिला सन्धिखर्क नगरपालिका वडा न १२ का वडा अध्यक्ष नारायण खड्काले आफ्नो पेन्सनको रकमबाट वडाबासीलाई करीव ३००० (तीन हजार) मास्क वितरण गरेका छन् । कोभिड १९ को संभाबित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले वडा अध्यक्ष नारायण खड्काले वडा बासीलाई मास्क बितरण गरेका हुन् ।

आफ्नै यातायातको साधन प्रयोग गरी वडाका भित्रका गाउँ गाउँमा पुगेर बितरण गरेका छन् । अर्घाखाँचीलाई लकडाउनको रुपमा घोषणा गरे सङ्गै अर्घाखाँचीको बाताबरण सुनसान छ । लामो तथा छोटो दुरीका कुनै पनि गाडी चलेका छैनन । वडा अध्यक्षले यस विषम घडीमा आम नागरीक जो कोहीलाई पनि अप्ठ्यारो परे आफू सहयोग गर्न तयार रहेको बताएका छन् ।

बिरामी होस या आपतमा परेको जो कोहीलाई पनि सहयोग गर्न आफु तयार रहेको वडा अध्यक्ष खड्काले बताए । लकडाउनको समयमा जिल्ला भित्रका नागरिक बिरामी परेका र यातायातको अभावले कुनै पनि ब्यक्ति उपचारबाट बन्चित नहौन भन्ने उद्देश्यले आफ्नै गाडीको प्रयोग गरि बिरामीहरुको सहयोगका लागि हरेक समय तयार रहेको जानकारी दिए ।

उनले आज मात्र सनपा ३ का तीन जना बिरामीहरुलाई अस्पताल सम्म पुर्याएका छन् । साथै अध्यक्ष खड्काले आफ्नो वडामा रहेका वडा सदस्य तथा अन्य कर्मचारीहरुलाई मास्क लगाउन र सचेत हुन भनी आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend