logo
  • शनिबार, कार्तिक २२ २०८३

कोरोना न्यूनीकरणका लागि छत्रदेबले गर्यो महत्वपूर्ण निर्णय


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची चैत्र ११ ।
विश्वभर महामारीका रुपमा फैलदै गएको नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि छत्रदेब गाउपालिकाले महत्वपूर्ण निर्णय गरेको छ । सोमबार दिउसो गाउ कार्यपालिकाको आपतकालीन बैठकबाट रोरोना रोकथाम गर्ने सन्दर्भमा अर्को सुचना नभयसम्म १० गते राति १२ बजेदेखि अर्को सुचना नआएसम्म अत्याबश्येक बाहेकका सबै सेवाहरु बन्द गरिएको पालिकाका प्रबक्ता बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार दैनिक उपभोग्य बस्तुहरु (औषधि पसलहरु,ग्यास, खाधान्न, दुध डेरि,पानि, फलफुल,सागसब्जी, दाल, चामल ,तेल ,नुन )बाहेकका सम्पूर्ण होटल, ब्यापार, चिया खाजा पसल समेत पूर्ण रुपमा बन्द रहने जानाकारी दिनुभयो । पालिकाले रोरोना रोकथामका लागि स्थानीय टेलर्स व्यावसायिलाइ आबश्येक कपडा र इलास्टिक ब्यास्था गरि मास्क उत्पादन गरि प्रत्येक नागरिकलाई मास्क वितरण गर्ने ब्याबस्था मिलाइएको छ ।

कोरोना रोकथामका लागि गाउपालिकाबासीलाई सुसुचित पार्न जनचेतनामूलक माइकिंग र पम्पलेको ब्याबस्था गरिएको बताइएको छ । पालिकाको बलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सम्भावित सङ्क्रमण रोक्नको निमित्त आइसोलेसन वार्ड ब्याबस्था गरिएको र सोको लागि आबश्येक सामग्री एबम औषधि समेतको ब्याबस्था गर्न आबश्येक ब्याबस्था मिलाइएको र स्थानीय उधोगी ब्याबसायिहरुलाई कोरोना रोकथामका लागि रोकथामका क्रियाकलापमा सहयोग तथा समन्वय गर्नका निमित्त अनुरोध गरिएको छ ।

आवश्यकता अनुसार क्वारेन्टाइनका लागि अन्य स्वास्थ्य संस्थाहरुमा समेत ब्यबस्था मिलाएको गाउपालिका र अन्तरगतका वडा कार्यालयहरुबाट प्रदान गरिने आबस्येक बाहेकका सेवा मिति २०७६ /१२/२१ गते सम्मका लागि स्थगित्त गरिएको र कार्यलय खुला रहने छत्रदेब गाउपालिकाका प्रबक्ता बालकृष्ण श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend