साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी चैत ११ ।
गुल्मीको रेसुङ्गा नगरपालिका ४ सेउघाको मसिनापोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा रेसुङ्गा नगरपालिका ४ अर्खलेका ६२ बर्षीय शेर बहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजिव श्रेष्ठले बताए ।
छल्दीबाट तम्घास आउँदै गरेको लु २ त ८०७२ को ट्याक्टर मंगलबार साँझ ७ बजे दुर्घटनामा परेको थियो । गम्भीर घाइते बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । ट्याक्टर नियन्त्रण नभएपछि सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
दुर्घटनाकै बेला घटना स्थल पुगेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गम्भिर घाइते बुढाथोकीलाई आफ्नै गाडीमा गुल्मी अस्पताल तम्घास पुराएका थिए । तर अवस्था गम्भिर भएकाले बचाउन नसकिएको उनले बताए । बुढाथोकी जिल्लामा ट्याक्टर चलाउने निकै पुराना चालक हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend