logo
  • शनिबार, कार्तिक २२ २०८३

रिघामा स्वास्थ्य कर्मी र स्वंयसेविकाहरुको संयुक्त बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

केहरसिंह राना, बागलुङ्ग चैत्र ९।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका रिघा स्वास्थ्य चौकीको कर्मचारी स्वास्थ्य कर्मी स्वंयसेविकाहरुको संयुक्त बैठक सम्पन्न भएको छ । बैठक बाट अहिले विश्वव्यापी रुपमा फैलिएको कोरना भाईरस कोभिड १९ बिरुद्ध सचेतना अभियानलाई अगाडी बढाउने, रघिा स्वास्थ्य चौकीलाई सचेतनाको हेल्प डेक्सको रुपमा प्रयोग गर्ने र सम्पुर्ण रिघा बासीलाई बच्न र बचाउको लागि वडा अध्यक्ष तथा रिघा स्वास्थ्य चौकीका अध्उक्ष डम्वर श्रीसले अनुरोध गर्नु भएको थियो ।

सबै स्वास्थ्य कर्मी स्वंयसेविका कोरोना भाइरस संक्रमण कार्यक्रम तथा सम्पुर्ण रुबेला खोप अभियान २०७६/०७७ चैत्र १५ गते बाट सुरु गर्ने साथै कोरोना भाइरस बाट बच्न एक ठाउमा बदिमा १० जना भन्दा धेरै नबस्ने, अत्याबसेक काम बाहेक घर भन्दा बहिर नजाने,साबुन पनिले हात राम्रो सँग धुने, कोरोना भाइरस सम्बन्धी सचेतनाको कार्य गर्ने भएको छ ।

साथै रिघा स्वस्थ्य चौकि र कायेलयमा संयुक्त रुपमा सचेतानाको लागी फ्लाक्स प्रिन्ट सचेतानको नेपाल रोग नियन्त्रण महासाखाबाट निर्धारीत, सचेतनाको कार्यक्रमको व्यानर बनाएर विभिन्न स्थानमा राख्ने कार्यक्रमलाई अगाडि बढाएको छ । आजको स्वास्थ्य चौकीको इन्र्चाच लक्ष्मी घर्तीको ले कोरोना भाइरस र दादुरा रुबेला खोप अभियान बारेमा सहजिकरण तथा कार्यतालीका प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend