साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र ९।
कोभिड १९ अर्थात कोरोना भाइरस वाट वच्न बडिगाड गाउँपालिकाको वडा नं. १ को बैठकले प्रत्येक टोलमा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ। आज वसेको वडा समिति तथा सरोकारवालाको बैठकले स्वास्थ्यकर्मि सहितको टोलीले टोलटोलमा जानकारी सहित सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
जस अनुसार सोमवार विहान ८ बजे तुन्डाडामा चालकहरुलाई, ११ बजे तुन्डाडामै सरोकारवालाहरुलाई, दिउसो ३ बजे दगाको बरपोखरामा सरोकारवालालाई, त्यस्तै मंगलवार विहान माइस्थान प्राविमा, १२ वजे नौटुवामा र ४ बजे दगाकोत मन्दिरमा कार्यक्रम गर्ने निर्णय गरेको छ।
त्यस्तै तुन्डाडामा रहेको खड्क देवि माविलाई आइसुलेसन सेन्टरको रुपमा तयारी गर्ने निर्णय गरेको दगातुन्डाडा स्वास्थ्य चौकीका प्रमुख हेम पुनले जानकारी दिनुभएको छ। बैठक वडा अध्यक्ष बोम बहादुर थापाको अध्यक्षता तथा वडा सदस्य अनिल गिरिको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend