logo
  • शनिबार, कार्तिक २२ २०८३

कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै अडियो मार्फत भ्रम फैलाउने युवा पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,काठमाडौं चैत ८ ।

नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवक थापा मगर रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले राजधानीको एक अस्पतालमा कोरोना संक्रमितको मृत्यु भइसकेको तर यसबारे सरकारले सूचना लुकाएको आफूले जानकारी पाएको अफबाह फैलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend