logo
  • शनिबार, कार्तिक २२ २०८३

कोरोना आशंकामा कपिलवस्तुमा २ जनालाई क्वारेन्टाईन पठाईयो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सिर्जना आचार्य,कपिलवस्तु चैत ६ ।

भारतीय भुमि हुदैँ सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुर बाट नेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो देखिएपछि क्वारेन्टाईन पठाउने तयारी गरेको छ । नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको छ । अहिले अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाचँ भैरहेको छ ।

ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निमार्ण गरेको महेन्द्र आधारभुत प्रा वि तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको छ । क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आफनो घर जान दिईने बताईएको छ । । दुई जना मध्य एक जना बेलायतबाट भारत हुदैँ नेपाल फर्किएका हुन भने,अर्का पंन्जावबाट नेपाल फर्किएका हुन् । दुबैमा कोरोनाको लक्ष्यण देखिएकाले क्वारेन्टाईनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको प्रहरीको भनाई छ ।

कोरोना हो होईन भन्ने बारे पुष्ठि हुन भने ल्याव परिक्षणका लागी पठाउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend