साझा नेटवर्क
सबिन,गुल्मी फागुन ४ ।
गुल्मिको सदरमुकाम तम्घासमा अबस्थित सिद्द्बाबा माध्यमिक बिधालयमा प्राबिधिक धार अन्तर्गत कक्षा ९ देखी कक्षा १२ सम्म कम्युटर इन्जिनियरिङ बिषय पढाइ हुने भएको छ ।
कक्षा आठदेखी समेटिएको भएपनी बिस्तृत रुपमा छुट्टै ल्याब र कक्षाको ब्यबस्था गरि कक्षा बाह्रसम्म पढाउने योजनासहित बिधालय ब्यबस्थापन समिती,अभिभावक र बिद्यार्थीबिच अभिमुखिकरण कार्यसम्म सम्पन्न गरेको जानकारी शिक्षक टिका खडकाले दिएका छन । कक्षा नौमा जम्मा ४८ जनाको कोटा राखी अध्ययापन शुरु गर्न थालेको यस बिधालयमा करिब एक हजार मासिक शुल्क तिरेर पढ्न सकिने कुरा बिधालय प्राचार्य डोरबिक्रम श्रीस बताउछन ।
साढे चार बर्षमा पढाइ पुरा हुदा एकलाख सम्म खर्च हुने जानकारी गराउदै यो बिषय पढन अनिबार्य बिज्ञान ,गणित,अंग्रेजी जस्ता बिषयमा अब्बल हुनुको साथै सुचनाप्रबिधिमा रुची भएको बिद्यार्थी हुंदा बढी सहजरुपमा अध्ययन गर्न सकिने समेत उल्लेख गरे । राम्रो पढाइ हुने बिधालयको रुपमा देशैभर चिनिदै आएको यस सिद्दबाबा माबिमा आफ्नै स्कुल बस, ल्याब हुनुका साथै प्रोजेक्टर र स्मार्ट बोर्ड मार्फत सृजनशिल रुपमा पढाइ हुने बाताबरण रहेको हुदा बर्सेनि बिद्यार्थी चाप बढिरहेको देखिन्छ । त्यसो भएको कारण हालै कम्युटर ल्याब र नयां थप बिधालय भबन बनाउन प्रदेश पांच सरकारले समेत बजेट छुट्टाइ काम अघि बढाएको छ ।
माननिय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने यो बिधालयमा ज्ञवालिको पहलमा थप स्कुल बस र शिक्षकलाइ पुनर्ताजगी तालिम प्रदान पनि गरिएको छ । यस बिधालयमा एक बर्ष अघिदेखी कानुन बिषयको पढाइ पनि हुदै आएको छ । यो अभिमुखिकरण कार्यक्रममा यस बिधालयमा अध्ययनरत विद्यार्थी र शिक्षकबाट संकलित रकम एकतिस हजार एकसय तिस रुपैयाँ रेसुङ्गा नगरपालिका आठका दुबै मृगौला फेल भै उपचारको क्रममा रहेका युगल भुजेलको सहयोगार्थ युगल भुजेल बचाउ अभियानका संयोजक राजु पाण्डे ,शालिक बस्नेत र डिल बहादुर भुजेललाइ प्रदान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend