साझा नेटवर्क
साझा नेटवर्क,पाल्पा चैत्र ३।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य युबराज ज्ञवालीले कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तामा एतिहासिक कार्यभार थपेको हुदा बढी जिम्मेबार र इमान्दार बन्नुपर्ने बताएका छन।
पाल्पाको श्रीनगरमा सम्पन्न भएको गुल्मी क्षेत्र न २ को मध्याबधी समिक्षामा बोल्दै( हिजो नारा लगाएर क्रान्तिकारी भाषण गर्दा पुगथ्यो भने अहिले ति कुरा पुरा गर्नुपर्नेछ ।तसर्थ कामद्वारा प्रतिउत्तर दिने जिम्मेवारीमा रहेकोले बढी अनुशासित र इमान्दार हुनु जरुरी छ ।
जनताले करिब दुइ तिहाइ नजिकको बहुमतद्वारा सरकारमा पुर्याएको उल्लेख गर्दै अब अरुलाइ दोष दिएर असक्षमता प्रर्दशन गर्न नमिल्ने बताए । सरकार र पार्टी मिलेर गरेको कामको प्रचार र कमिकमजोरिको समिक्षा गरौ ।थपे(हिजो बम,बारुदले नढलेको कमरेड ,आज आफ्नै कमजोरिले ढल्ने स्थिति छ, मार्क्सबादी चिन्तनबाट बिचलित हुने खतरा उत्तिकै छ ।
पार्टीको स्थानिय तह बिभाग प्रमुख समेत रहेका ज्ञवालिले तिन तहमा पार्टिको सरकार रहेको भन्दै स्थानिय तहले योजना तर्जुमा र कार्यान्वयन गर्दा सिमान्तकृत जनतालाइ लक्षित गरि राष्ट्रिय पुजिको निर्माण हुने गरि गर्नुपर्ने समेत बताए ।स्थानिय सरकारको कामले नै जनतालाइ बढी मात्रमा छुने हुँदा संघ र प्रदेशसंग सहअस्तित्व,समन्बय र सहकार्य राख्दै बिशेष पहिचान हुनेगरी काम गर्नुपर्ने उल्लेख गरे ।
सो प्रशिक्षण कार्यक्रममा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्ट ,प्रदेश सांसदसहित जनप्रतिनिधि ,स्थानिय पार्टी कमिटी को उपस्थितिमा कामको मध्यबधी समिक्षा गर्दै प्रतिबद्धतापत्र तयार गरिने जानकारि दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend