logo
  • शनिबार, कार्तिक २२ २०८३

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ५ न.प्रदेशकाे ७ औं पुर्ण बैठक भिंगृमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

रमेश गिरि,प्यूठान चैत ०१ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ५ न. प्रदेशकाे ७ औं पुर्ण बैठक स्वर्गद्वारी नगरपालिकाकाे भिंगृमा सम्पन्न भएकाे छ ।५ न. प्रदेशका १२ वटा जिल्लाका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे प्रदेश बैठकले व्यवसायी सुरक्षा तथा मर्यादित व्यापार संचालनका लागि महत्त्वपूर्ण निर्णय गरेकाे छ । आउदै गरेकाे शैक्षिक सत्रकाे लागि प्रदेश भित्र सहज रूपमा पाठयपुस्तक उपलब्ध गराउने काममा आउने समस्याहरूकाे समाधानमा महासंघले अभिभावक भुमिका निर्वाह गर्ने निर्णय गरेकाे छ । व्यवसायिक मर्यादा भित्र रही स्वस्थ प्रतिस्पर्धा गरी व्यापार व्यवसाय गर्न गराउन जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय गरिएकाे छ । प्रत्येक पसलमा नेपाल सरकारले भनेकाे नियम अनुसार पसलमा मूल्य सूची टाँस्न जिल्ला शाखाहरूलाई सुझाव दिने निर्णय पनि गरेकाे छ ।

राज्यले गेसपेपर , गाईड , सहयाेगी पाठयपुस्तक तथा प्राक्टीस कितावहरू बिक्रि वितरणमा राेक लगाउने र पाठयपुस्तकमा सरकारले लगाएकाे करले गर्दा पुस्तक व्यवसाय धरापमा परेकाे कुरा प्रदेश अध्यक्ष वसन्त लामिछानेले बताउनुभयाे । यस विषयमा व्यवसायीहरू सचेत हुनुपर्ने बेला अाएकाे र पुस्तक व्यवसाय संचालन गरेर जीवन गुजारा गर्न नसकिने कुरा प्रदेश अध्यक्ष लामिछानेकाे थियाे । पुस्तक व्यवसायी संचालन गर्ने कुरा सामान्य जस्ताे देखिएपनि उत्पादनकाे दृष्ट्रिले व्यवसाय संचालन गर्ने काममा ठूलाे चुनाैती देखा परेकाे कुरा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ५ न . प्रदेशका सचिव दाेर्ण प्रसाद भुसालले जानकारी गराउनु भएकाे थियाे ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सुभास चन्द्र भण्डारीले प्युठान जिल्लामा भए गरेका गतिविधिहरूकाे रिपोर्टिङ गर्नु भएकाे थियाे । उक्त बैठकमा प्रत्येक जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूले अा-अाफ्नाे जिल्लाको गतिविधिहरू रिपोर्टिङ गर्नु भएकाे थियाे । प्युठान जिल्लाकाे अातिथ्यतामा भएकाे प्रदेश बैठककाे अध्यक्षता अध्यक्ष बसन्त लामिछाने र संचालन प्रदेश सचिव दाेर्ण प्रसाद भुसालले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend