logo
  • शनिबार, कार्तिक २२ २०८३

पिपलधारा चाैतारी समाजकाे अध्यक्षमा घिमिरे


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पाेखरेल,गुल्मी चैत ०१ ।

गुल्मीको धुर्काेट गाँउपालिका वडा नम्बर २ पिपलधाराबाट देशबाहिरका विभिन्न स्थानमा राेजगारीका लागि बसाेबास गर्ने नागरिकहरूकाे संस्था `पिपलधारा चौतारी सम्पर्क समिती विश्व सन्जाल´ काे गुल्मीको चाैथाे अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले रामप्रसाद घिमिरेकाे अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमितिकाे गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा अमृत कुमार खड्का र लक्ष्मण जिसि, महासचिवमा मेहर सिंह बस्नेत, सचिवमा शालिकराम विक, सह-सचिवमा बिस्णु विक, काेषाध्यक्षमा प्रितम खड्का तथा सहकाेषाध्यक्षमा राम प्रसाद खनाल चयन भएका छन् ।

समाजले विभिन्न विभागहरू गठन गरी त्यसकाे जिम्मेवारी समेत प्रदान गरेकाे छ । जसअनुसार शिक्षा तथा स्वस्थ्य विभाग संयोजकमा कमल बस्नेत, साँस्कृतिक विभाग संयोजकमा युबराज खड्का, खेलकुद विभाग संयोजकमा ज्ञान बहादुर जि सि, संगठन बिस्तार विभाग प्रमुखमा निरन्जन थापा, सुचना तथा सचांर विभाग संयोजकमा कृष्ण जि सि र स्थानीय विभाग संयाेजकमा नरेश जि सि चयन भएकाे संस्थाले जनाएकाे छ । त्यस्तै संस्थालाई अावश्यक पर्ने सुझावहरू प्रदान गर्नका लागि १८ सदस्यीय सल्लाहकार समितिकाे पनि गठन गरिएकाे छ । २०७० माघमा स्थापना गरि २०७१ साउनदेखि बैधानिक रूपाा प्रशासन कार्यालय, गुल्मीमा दर्ता गरि संस्थाले विभिन्न सामाजिक कार्य गर्दै अाएकाे छ ।

हाल पनि संस्थाले पिपलधारामा विभिन्न जनचेतनामूलक सूचनाअरू मुख्य बजारहरूमा टाँस गर्ने, सार्वजनिक उपयाेगका भाैतिक संरचना निर्माण लगायतका कार्यहरू गर्दै अाएकाे छ । अहिले अध्यक्षमा निर्वाचित घिमिले पहिलाे र दाेस्राे अधिवेशनमा काेषाध्यक्ष तथा तेस्राे अधिवेशनमा उपाध्यक्षकाे जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend