logo
  • शनिबार, कार्तिक २२ २०८३

प्युठान जिल्लामा आजदेखि विद्यार्थीहरूकाे वार्षिक परीक्षा सुरू


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

रमेश गिरि,प्यूठान फागुन २९ ।

प्युठान जिल्लामा आजदेखि वार्षिक परीक्षा सुरू भएकाे छ । प्युठान जिल्लामा रहेका सामुदायिक ३५३ र संस्थागत ४४ गरि ३९७ विद्यालयमा रहेका माध्यमिक तह तर्फ ३५४९ ,आधारभूत तहतर्फ १७९२२ , प्राथमिक तहमा ३८२४० गरी जम्मा ५९७११ विद्यार्थीहरूकाे परीक्षा अाजबाट सुरू भई चैत्र ६ गते सम्म चल्ने भएकाे छ ।काेराेना भाईरसकाे कारणले पुर्व निर्धारित परीक्षा तालिकालाई संसाेधन गरि फागुन २९ गतेबाट सुरू गरी शनिवार पनि परीक्षा संचालन गर्ने गरि परीक्षा तालिका तयार गरीएकाे जानकारी शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख शिवराज पण्डितले जानकारी गराउनु भयाे । शिक्षा मन्त्रालयले चैत्र ५ गतेसम्म सबै खाले परीक्षा सक्न दिएकाे निर्देशनलाई पुर्ण रूपमा कार्यान्वयन गर्नका लागि २८ गतेबाट परीक्षा सुरू गर्नु पर्दथ्याे तर प्युठान जिल्लाका अति दुर्गम ठाउँमा १/२ दिनमै प्रश्नपत्र तथा अन्य परीक्षा सामग्री पुराउन नसकिने भए पछि २९ गतेबाट सुरू गरिएकाे मा. वि .परीक्षा समितिका अध्यक्ष चक्रपाणी पाैडेलले जानकारी गराउनु भयाे ।प्युठान जिल्लामा सामुदायिक विद्यालयकाे परीक्षा चैत्र २ गतेबाट गर्ने तयारी थियाे भने संस्थागत विद्यालयकाे परीक्षा चैत्र ११ गतेबाट गर्ने तयारी रहेकाे प्याब्सन अध्यक्ष गिर बहादुर भण्डारीकाे भनाई थियाे । प्युठान जिल्लामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयकाे परीक्षा यस अघि फरक फरक मितिमा हुने गर्दथे । प्युठान जिल्लाकाे मध्य क्षेत्रमा अवस्थित प्युठान नगरपालिकामा कक्षा ५ काे लागि १५ वटा सेन्टर , कक्षा ८ काे परीक्षाकाे लागि ११ वटा सेन्टरमा परीक्षा संचालन गरिएकाे छ भने अाफ्नाे विद्यालयमा परीक्षा नगराई पायक पर्ने नजिककाे विद्यालयमा परीक्षा केन्द्र छनाेट गरी परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा संचालन गरिएकाे स्राेत व्यक्ति विस्नु प्रसाद पाेख्रेलले जानकारी दिनु भयाे ।प्युठान नगरपालिका बाहेकका पालिकाहरूमा ठुला ठुला माविमा मात्र केन्द्र बनाईएकाे छ भने अाधारभुत तह कक्षा ८ मात्र भएका सबै विद्यार्थीहरूलाई मा वि भएका विद्यालयमा परीक्षा दिन पठाईएकाे छ । त्यस्तै गरि गाैमुखी गाउँपालिका ,मल्लरानी गाउँपालिका र झिम्रुक गाउँपालिकामा हाेम सेन्टर राखिएकाे छ तर केन्द्रध्यक्ष वाह्रय विद्यालयबाट छनाेट गरिएकाे छ भने नाैबहिनी गाउँपालिका ,सरूमारानी गाउँपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा लिडर विद्यालयहरूमा हाेम सेन्टर बनाईएकाे छ भने फिडर विद्यालयहरूकाे परीक्षा सेन्टर नजिककाे लिडर विद्यालयमा राखिएकाे कुरा गाउँपालिका शिक्षा एकाइले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend