साझा नेटवर्क
काठमाडौं, श्रावण २०।
नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले यसको असर नेपाली बजारमा परेको हो । यस्तै चाँदीको भाउ पनि वुधवारको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको छ । चाँदीको भाउ घटेर प्रतितोला ९०५ रुपैयाँमा कारोबार भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend