logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा कोरोनासम्बन्धी सचेत रहन हस्तारक्षर


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी फागुन २९ ।

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीमा सचेतना स्वरुप हस्ताक्षर गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले लोक दोहोरी दिवसको अबसर पारेर नोबेल कोरोना भाईरसबाट सचेत रहन हस्ताक्षर अभियान गरेको हो ।प्रतिष्ठान गुल्मीले जिल्लाको सदरमुकाम तम्घासको लाकुरी मञ्चमा नोबेल कोरोना भाईरसबाट कसरी जोगिने के के गर्ने जस्ता सचेतना सन्देशहरु सहित हस्ताक्षर कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । आम नागरिकलाई यसबारे सचेत रहन र सचेत छु भन्ने प्रतिबद्ध बनाउनको लागि सचेतना स्वरुप हस्ताक्षर र सचेतना कार्यक्रम गरिएको पन्थको भनाई छ ।सचेतना कार्यक्रममा जिल्लाका आम सर्बसाधारणहरुले कोरोना भाईरसबाट कसरी जोगिने भन्ने बारे सचेत छु भनेर हस्ताक्षर गरेका थिए । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले यसबाट जोगिन सबैलाई सचेत बनाउने कार्यक्रम राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जनाएको छ ।जिल्लाका बिद्यालयहरुमा पनि कोरोना भाइरस र यसबाट जोगिने बारे जानकारी मुलक कार्यक्रमहरु गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend