logo
  • शनिबार, कार्तिक २२ २०८३

खर्वाङ स्वास्थ्य चौकीको लागी ३ लाख ३ हजार सहयोग घोषणा,सहयोगी बढ्दै


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बागलुङ फागुन २७ ।

बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा निर्माण हुने स्वास्थ्य चौकीको लागि स्वःस्फूर्त सहयोग घोषणा गर्ने अभियान चलिरहेको छ ।यसै विच मुसिकोट नगरपालिका वडा नं. २ मुसिकोट स्थायी घर भई हाल चेक रिपब्लीक रहनुहुने राम बहादुर रायमाझिका छोराहरु जितेन्द्र, विष्णु र खुम बहादुर रायमाझिले स्वर्गिय माता भिमा कुमारी रायमाझिको स्मृतिमा ३ लाख ३ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । केहि समय अघिदेखि स्वास्थ्य चौकी निर्माणको लागि प्रयत्न भएपनि हालै निशुल्क जग्गा उपलब्ध भए संगै स्वःस्फुर्त सहयोगको अभियान समेत सञ्चालन भएको छ ।

तत्कालै भवन निर्माणको कार्य सुरु गरिने वडा अध्यक्ष ढालेन्द्र शेरचनले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend