logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीको भुर्तुङ्गमा भेटियो मालारानी गुफा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सज्जन ढकाल,गुल्मी फागुन २७ ।

कालीगण्डकी गाउँपालिका ७,भुर्तुङ्ग गुल्मीको कराङ्गतुङमा मालारानी गुफा भेटियको छ । मालारानी गुफा प्रचार प्रसारको अभावमा ओझेल परेको हो ।यस गुफा लाई स्थानीय बासिन्दा ले मालारानिको कोठा भन्ने गरेको पाईन्छ । काराङतुङ देखि पैदल दुरि लगभग पन्ध्र मिनेट हिडेपछी यश गुफामा पुग्न सकिन्छ । कालीलेख मुनि राम्चेको भिरमा यस गुफा रहेको छ । पाताल भन्दा माथी भालु पहाड भन्ने पहाराको खोचमा यस्को अर्को द्वार रहेको पाईन्छ । करिब सात दसक पहिला स्थानीय लाई बाघले निकै सताय पछि त्यो बाघ कहाँ बस्छ भन्दै पिछा गर्ने क्रममा राम्चेको भिरमा अवस्थित उक्त ओडार बाट छिरी पाताल भन्दा माथी भालु ओडारमा निस्केको किम्बदन्ती रहेको पाईन्छ । यस गुफा भित्र गाई,भैसिका जस्तो कचौडा,सङ्ख जस्ता आकृती रहेका छन ।

मादल जस्तै बझ्ने ठुला ठुला ढुङ्गा लगायत अन्य धार्मिक आकृती पनि रहेका छन । यस गुफाको दुरि राम्चेको भिर देखि भालु पहाड सम्म लगभ एक किलोमीटर जति रहेको पाईन्छ । यस्लाई धार्मिक केन्द्रको रुपमा बिकास गरि प्रचार प्रसार गर्न सकियो भने आन्तरिक पर्यटन प्रबर्द्धनलाई अगाडि लैजान सकिन्छ ।कालिलेकमा अवस्थित निकै शक्ति साली सिद्ध देवताको थानमा मन्दिर निर्माण गरि यस गुफालाई उक्त मन्दिर सङ्ग जोडि धार्मिक केन्द्रको रुपमा बिकास गरि अगाडि बढाउन सकिन्छ । कालिलेकमा अवस्थित सिद्ध देवता बाग्लुङ गलकोटको घुम्टे लेक बाट आई कालीलेकमा बसेको ईतिहास पाईन्छ । प्रत्यक बर्ष जेठ महिनाको दियाली पक्षमा सिद्ध देवतालाई पुजा गर्ने गरियको छ  ।

सिद्ध देवतालाई भेडाको साड भाकल गरि बलिदिने गरियको छ । लामो समय सम्म आकास बाट पानी नपरि खडेरी परेमा स्थानीय बासिन्दाले पुजा,रुद्री लगायपछी त्यही दिन आकास बाट पानी पर्ने गरेको पाईन्छ । सिद्ध देवताको शक्तिलाई धार्मिक केन्द्रमा बिकसित गरि मालारानि गुफालाई पनि सिद्ध देवताको शक्ति सङ्गै अगाडि लैजान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend