logo
  • शनिबार, कार्तिक २२ २०८३

मुसिकोट इन्द्रगौंडाका नारायण खरेल कृषि कर्मवाटै उद्यमी बन्दै


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,गुल्मी फागुन २६ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ इन्द्रेगौंडा (आँटिघर) का नारायण खरेल दैनिक खेतवारीमै वितेको छ ।जिवनको उर्जाशिल समय खाडि मुलुकमा विताएका खरेल जिवनको मध्यभागमा भने आफ्नै खेतवारीमा काम गरि खुसि हुनुभएको छ । विगत ८ वर्ष देखि कृषि कर्म गरिरहेका खरेलले सवै खर्च कटाएर वार्षिक डेढ देखि २ लाख कमाइपनि गर्दै आउनुभएको छ । सोहि कमाइले पढ्दै गरेका २ छोरा सहितको परिवारको खर्च चल्दै आएको छ । खरेल तरकारी फार्म मार्फत ३ रोपनी भन्दा वढि क्षेत्रफलमा तरकार खेति गर्दै आएका खरेलले ५ रोपनी क्षेत्रफलमा तरकारी वढाउने योजना बनाउनु भएको छ । उहाँको कर्मलाई खरेलकी श्रीमती ज्ञानुले पनि साथ दिनुभएको छ ।मुसिकोट नगरपालिकाले छनौट गरेका ४० उद्यमी मध्येका एक उद्यमी खरेल आफ्नो उद्यम विकासको लागी एसएमएस गरि सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ । नगरपालिकाले एसएमएस भोटिङ र स्थलगत अनुगमनवाट २० जना उद्यमी छान्ने र ति मध्यवाट १० जना छनौट गर्ने र जनहि ५० हजार सहित पुरस्कृत गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । उत्कृष्ठ २ जनालाई १÷१ लाख सहित सम्मान गर्ने नगरपालिकाले जनाएको छ । नारायण खरेलको लागि भोटिङ गर्न आर.इ.ए.पी. ४० ९च्भ्ब्ए द्धण्० टाइप गरि ३४००१ ९घद्धण्ण्ज्ञ० मा पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend