logo
  • शनिबार, कार्तिक २२ २०८३

बडिगाड २ मा स्वास्थ्य चौकी बन्ने,स्वर्गिय बावा आमाको स्मृतिमा छोराहरुद्धारा जग्गा दान,सहयोग रकम समेत उठ्दै


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बाग्लुङ फागुन २६ ।

बडिगाड गाउँपालिका वडा नं. २, खर्वाङमा स्वास्थ्यचौकी निर्माण हुने भएको छ । विगत केहि समयदेखि स्वास्थ्यचौकी निर्माण गर्ने भनिएपनि जग्गा व्यवस्थापन नहुँदा अन्योलता वढेको थियो ।तर स्वर्गिय जयलाल खराल र स्वर्गिय हिरादेवि खरालको स्मृतिमा उहाँहरुका छोराहरु नरिश्वर, स्व. अग्निधर, घनश्याम, तिलाराम, बावुराम खरेलले खर्वाङमा स्वास्थ्यचौकी भवन निर्माणको लागि ३ रोपनी जग्गा दिन तयार भएपछि स्वास्थ्यचौकी बन्ने पक्का भएको हो । स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्यचौकी कार्यक्रम अन्तरगत चालु वर्षको लागी साढे १३ लाख वजेट विनियोजन भई गाउँपालिकामा आएकोले तत्कालै काम सुरु गरिने वडा अध्यक्ष ढाल प्रसाद शेरचनले जानकारी दिनुभएको छ । त्यस्तै सो स्वास्थ्यचौकी भवन निर्माण स्थलमा जाने मोटरवाटो निर्माण गरिने भएको छ ।

सो मोटरवाटो निर्माण तथा स्वास्थ्य चौकीको थप व्यवस्थापनमा सहजहोस् भन्दै स्थानियहरुबाट स्वःस्फुर्त चन्दा सहयोग संकलन अभियान सुरु गरिएको छ । जस अन्तरगत पहिलो दिन, बैठकवाटै सहयोग संकलन सुरु गरिएको हो । जस अन्तरगत कृष्ण प्रसाद खरेल १७ हजार ७ सय ७७, खगिश्वर अर्याल १६ हजार ६ सय ६६, विष्णु केसि १५ हजार ५ सय ५५, दुर्गादत्त खरेल १५ हजार, बावुराम जिसि ११ हजार १ सय, गिता पोखरेल ११ हजार १ सय, चुमाकान्त पोखरेल १० हजार १ सय ५, मेलमिलाप आमा समुह दनिया बयरवोट १० हजार १ सय, नन्दराम खरेल १० हजार, ढालमणि भण्डारी १० हजार, विष्णु प्रसाद भुसाल १० हजार, हरि बहादुर घिमिरे १० हजार, गन बहादुर श्रीस ८ हजार ४ सय, सुर्य बहादुर अधिकारी ५ हजार ५ सय ५५, कमल पौडेल ५ हजार १ सय पाँच, कृष्ण कुमारी राना ५ हजार १ सय ५, गोम बहादुर राना ५ हजार १ सय, रुकमान पुरी ५ हजार १ सय, खड्क बहादुर घर्ति ५ हजार १ सय, धन बहादुर बुढा ५ हजार १ सय, झलक थापा ५ हजार १ सय, मेघनाथ खरेल ५ हजार १ सय, सुमित्रा पुरी ५ हजार १ सय, मन बहादुर थापा ५ हजार १ सय, ढाल प्रसाद शेरचन ५ हजार, नरि राना ५ हजार, शान्ति राना ५ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्ण प्रसाद भुसालको विशेष उपस्थितिमा भएको बैठकले आर्थिक सहयोगको लागि बडिगाड गाउँपालिका वडा नं. २ भित्र रहेका सवै सामुदायीक बन, क्लव, आमा समुह लगाएतलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त खरेलको अध्यक्षता, उपाध्यक्ष चुमाकान्त पोखरेलको स्वागत मन्तव्य तथा सहसचिव रुके पुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend