साझा नेटवर्क
सबिन बस्नेत, गुल्मी फागुन २४ ।
रेसुङ्गा नगरपालिका गुल्मिद्वारा संचालित हाट्बजार संचालनको छोटो अबधिमा नै लोकप्रिय र सबैको रोजाइ बनेको छ । दिनप्रतिदिन यहां बजार गर्न आउने ग्राहक र किसानको भिडभाडले यो कुराको पुष्टी गर्छ ।पछिल्लो दुइ महिनामा मात्रै ७० लाख भन्दा बढीको कारोबार भएको छ ।

किसानहरुले सहि मुल्य नपाउने र उपभोक्ताले पनि ताजा र सुलभ मुल्यमा तरकारी लगायत कृषिजन्य बस्तुको उपयोग गर्न नपाइरहेको अबस्थामा दुबै खुशी भएका छ्न ।तर यसबाट बिचौलिया निराश बनि किसान र उपभोक्तालाइ भ्रम छर्ने गरेको सुन्नमा आएको छ ।दश देखी प्रन्ध्र प्रतिशस्त नाफा राखेर बस्तु घरबाट नै खरिद गरि अग्रिम रकम भुक्तानी गर्दै आएको हाटबजारले बजारमुल्य भन्दा बिस प्रतिशत सस्तोमा बस्तु बेचेको उपभोक्ताहरु बताउछ्न ।

हाटबजारमा के के पाइन्छन त भनी सोधिएको प्रश्नमा ब्यबस्थापन हेर्दै आउनुभएका दामोदर पोख्रेल भन्छन – यहां मौसमी,बेमौसमी तरकारी देखी गेडागुडीको दाल,गिठ्ठा तरुल,इस्माको कोदो,ट्क्सारको खुदो,लोकल कुखुरा,अण्डासमेत पाइन्छ । वहांले दिएको जानकारी अनुसार यि बस्तु नगरपालिका भित्रका अर्खले,सिमिचौर,उर्लेनी,भाडगाउबाट मात्रै नभएर गुल्मिका मालिका,मदाने,इस्मा,धुर्कोट र छिमेकी जिल्ला बाग्लुङ र अर्घाखांचिको छत्रदेब गाउपालिकाबाट समेत खरिद गरि बिक्री गरिन्छ ।

कोल्ड स्टोर समेत संचालन गरेको हाटबजारले किसानले सोझै आफ्नो उत्पादन स्टोर गरि पछि बढी मुल्य पाउदा आफै बिक्री गर्न समेत पाउने गरि प्रबन्ध गरिएको दाबी प्रशासकिय अधिकृत भक्तिराम मरासिनिको रहेको छ ।वहां भन्नुहुन्छ – बढी आएको तरकारी कोल्ड स्टोरमा राख्ने र बिक्रीको लागी बुटवल लगायतका शहरमा लैजान्छौ ।
हाम्रो उत्पादनलाइ ग्रेडिङ्गको खांचो छ- ब्यबस्थापक पोख्रेल अहिले यस हाटबजारमा सहज पहुँच र सरल मुल्य भुक्तानीको कारण धेरै किसानले आफ्नो उत्पादन यहि लिएर बेच्न चाहन्छन ।जसले गर्दा धेरैजसो एउटै किसिमको तरकारी आइरहेको हुन्छ ।हामिले बिक्री गर्न नसकेको तरकारी बाहिर पठाउछौ ।तर बाहिर आकार र रंग अनुसार फरक मुल्य पर्दोरहेछ ।
अत यो ज्ञान हामिले किसानलाइ खेतबारिमा गएर दिने सोच लिएका छौ ।कसरी भण्डार गर्ने र कुन बाली लगाउदा बढी नाफा कमाउन सकिन्छ भन्ने बारेमा नबुझ्दापनी समस्या परेको छ ,वहां थप्नुहुन्छ – अनुदानलाइ ब्यबस्थित गर्ने हो भने बास्तबिक किसानको खेतबारिमा गएर उत्पादनको आधारमा बितरण गर्नुपर्ने खांचो छ ।किनकी कतिपय किसान बजार पाएनौ भनी गुनासो गर्ने तर एक क्विन्टल तरकारी महिनामा दिन नसक्ने पनि रहेछ्न । हामी किसानहरु धेरै उत्साहित छौ ।
आफुले मिहिनेत गरेर उत्पादन गरेको बस्तु बेच्ने बजार नपाउदा पलायन हुने सोच बनाएका किसान यतिबेला बढी खुशी देखिन्छन ।दिनभरी एक डोको साग बेच्न पनि गार्हो हुने किसान यतिबेला घरबाट एक कल फोनको भरमा नगरपालिकाको गाडी तरकारी,फलफुल र दलन बाली लिन आउने गरेको बताउछन ।उर्लेनीका किसान कृष्ण बस्नेत भन्नुहुन्छ – यसले गर्दा समय बचत भएको र सो समय खेतबारिमा लगाउन पाइएको छ ।
आफुले यो बर्ष मात्रै एक लाख भन्दा बढीको गोलभेडा बेचेको भन्दै यो बर्षदेखी पच्चीस लाख जति खर्च गरेर सात वटा स्थायी टनेल बनाउने र माछा पालन समेत गर्ने सोच बनाएको बताउनुभयो ।यसको निम्ती भर्खरै माछापालन सम्बन्धी भैरहवाबाट सिकेर समेत आएको बताउनुभयो ।त्यस्तै उपभोक्ता भोजराज पराजुलि पनि हाटबजारको ब्यबस्थापनबाट खुशी भएको बताउछन ।उनि भन्छन-बाहिर सात सयमा नपाइने लोकल कुखुरा यहां छ सय पचास मै पाइदो रैछ ।
हामी किनेर खानुपर्नेको लागी चालिस,पचास रुपैया सस्तो पाउनु त ठुलो राहत हुदोरहेछ । नमुना हाटबजारको रुपमा बिकास गर्छौ – मेयर डिल्लिराज भुषाल मेयर भुषालले यसलाइ नमुना हाटबजारको रुपमा बिकास र बिस्तार गर्ने सोच बनाएको बताउनुभयो ।हिजोको चिद्दिचौरमा संचालित हाटबजार बन्द गर्नुपर्ने भएपछी ब्यबस्थित बजारको ब्यबस्था गर्नुपर्ने चुनौती भएको भन्दै यस चारिखोला भन्ने स्थानमा धेरैलाइ अपायक हुदाहुदैपनी संचालन गर्नुपर्दा कताकता डर थियो ।
वहां अगाडी थप्नुहुन्छ – तर यो छोटो अबधिको संचालनपछी सेवा गुणस्तरीय र सुलभ भयो भने चल्छ र उपभोक्ता आउछन भन्ने लागेको छ । अब आफुहरुले तरकारी मात्रै नभएर माछामासु र दुधजन्य बस्तुपनी बिक्री गर्ने योजना बनाएको सुनाउदै बिशेश शनिबारको दिन ब्यापारिहरुलाइ खाद्यान्न र लुगाकपडाको समेत बजार लगाउन दिने गरि अगाडी बढेको बताउनुभयो ।
यसले नगर र गाउलाइ जोड्नेछ र बसेपनी शहर,गांउकै खाने रहर भन्ने नारा सहित सेवा बिस्तार गरेको समेत उल्लेख गर्दै अहिले गुन्द्रुक,कोदो,फापर,सिस्नोको धुलो देखी तरुल,मकैको आटो,कालो सिमि र लोकल कुखुरा समेत बेचिरहेको बताउनुभयो । यो हिसाबले हेर्दा रेसुङ्गा हाटबजार नमुना बन्दै गएको दाबी गर्दै सबै गाउपालिकालाइ उत्पादनसंग जोड्दै गुल्मी जिल्लालाइ नै कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने आफुलाइ लागेको समेत उल्लेख गर्नुभयो ।
साच्चै नै किसान र उपभोक्तालाइ सोझै जोड्ने र उत्पादनको प्रबर्द्धन गर्ने यस्ता हाटबजार र संकलन केन्द्र सबै स्थानीय तहमा बिस्तार हुने हो भने बिस,तिस हजारको लागी परिबार र आमाबाबा छोडेर बिदेश जाने बाध्यता हट्थ्यो कि ?सबै जनप्रतिनिधिले यसतर्फ ध्यान दिदै भौतिक निर्माण संगैआयमुलक गतिबिधी पनि संगसंगै लैजानु जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend