logo
  • शनिबार, कार्तिक २२ २०८३

संरक्षणको अभावमा भुर्तुङ्गको कालिलेक पौवा जिर्ण बन्दै


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सज्जन ढकाल,गुल्मी फागुन २३ ।

कालिगण्डकी गाउँपालिका भुर्तुङको धार्मिक अस्तित्व बोकेको रमणिय स्थल कालिलेकमा अवस्थित पौवा संरक्षणको अभावमा जिर्ण बन्दै गैरहेको छ ।पौवा २०७२ बैशाख १२ को बिनासकारी भुकम्पबाट क्षेतीग्रस्त भयको थियो । उक्त पौवा क्षतिग्रस्त भयको चार बर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । पौवा कालीगण्डकी गाउँपालिका ७-भुर्तुङ् धुवाँखोला निबासी स्वर्गीय भाते छन्त्यालले २०५४ सालमा आफ्नै ब्यक्तिगत लगानिमा निर्माण गरेका थिए ।

उक्त पौवा वरिपरी खाने पानी ल्याई गाईमुखे पानीको धारा निर्माण गरिदिने उनको ब्यक्तिगत सङ्कल्प थियो । उक्त सङ्कल्प पूरा गर्न सकिन भने “मेरो मृत्यु पश्चात् यहि पौवा वरिपरि मेरो मृत शरीरलाई दाहासस्कार गरिदिनु” भनी भाते छन्त्यालले स्थानियलाई भनेका थिए । त्यसै अनुरुप उहाँको सङ्कल्पलाई पूरा गर्न मृत्यु पश्चात् पौवा वरिपरि दाहा सस्कार गरेको स्थानियले बताए ।

खड्गकोटको आलेमा पनि पौवा जिर्ण

कालीगण्डकी गाउँपालिका ६, खड्गकोटको आलेमा पनि पौवा जिर्ण बन्दै गैरहेको छ । घुमाउने बरेङ् मोटरबाटो खण्ड अन्तर्गत यस पौवा पर्दछ । बर्तमान अवस्थामा बाटो निर्माण कार्यले यश पौवालाई प्रत्येक्ष असर पारेको छ  । यस पौवा पनि २०७२ बैशाख १२ को बिनासकारी भुकम्पले क्षेतिग्रस्त भयको थियो  । पौवा खड्गकोट निबासी स्वर्गीय खगेश्वर ढकालले २०१६ सालमा आफ्नै ब्यक्तिगत लगानिमा खरको छानो राखी निर्माण गरेका थिय  । तत्कालीन गा बी.स अध्यक्ष टिकाराम ढकालले २०५४ सालमा गा.बि.स बाट पाँच हजार रकम बिनियोजन गरि उक्त पौवामा जस्ता पाता लगाउदै मर्मत गरेका थिय । बर्तमाम अवस्थामा मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गैरहेको छ ।

पाटी पौवा संरक्षण गर्न चासो देखायन स्थानिय सरकार

पछिल्लो समयमा हाम्रा गाउँ घरमा भयका पुराना पाटी पौवा लोप हुँदै गयका छ्न । जस्को आफ्नो छुट्टै ऐतिहासिक अस्तित्व रहेको हुन्छ ।केही मात्रमा रहेका पाटी पौवा संरक्षण, मर्मत, सम्भार र निर्माण हुन सकेका छैनन् जस्ले गर्दा हाम्रा रितिरिवास र सस्कृती धराप पर्दै गैरहेका छन । सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानिय निकायको निर्वाचन पनि सम्पन्न भयो । लामो समय देखि जनप्रतिनिधि बिहिन स्थानिय तहले जनप्रतिनिधि पनि पायो तर अघिल्लो पुस्ताले निर्माण गरेका सास्कृतिक सम्पदालाई संरक्षण, मर्मत, संभार गर्न सकेनन ।

निर्बाचन भयको अढाई बर्ष बिति सक्दा पनि कालीगण्डकी गाउँपालिका गुल्मिका स्थानिय सरकार प्रमुख र जनप्रतिनिधिहरुले वडा र गाउँपालिकाबाट धार्मिक स्थल, पाटी ,पौवा, मर्मत,संभार , संरक्षण र प्रबर्द्धनमा आजसम्म बजेट बिनियोजन गरेका छैनन् । हाम्राे समाजमा अग्रज ब्याक्तित्वले निजि लगानिमा समाज सेवाका लागि गरेको कार्य आज अर्थ बिहिन भएको देखिन्छ । स्थानिय सरकार जनताको सरकार हो । तर स्थानिय सरकार सास्कृतिक सम्पदा मर्मत सम्भारमा चासो दिदैन त्यसैले गाउँघरका पाटी पौवा जिर्ण हुँदै लोपोन्मुख हुने खतरामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend