साझा नेटवर्क
रुद्र शर्मा,कतार ।
खोटाङ सेवा समाज कतारले खोटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई एक लाख रुपियाँ हस्तान्तरण गरेको छ ।
खोटाङ जिल्ला ऐसेलुखर्ख गाउपालिका वार्ड नम्बर ५ महेश्वरी निवासी कुमार पुरी बिगत लामो समय देखि मस्तिष्क घात रोगले ग्रसित भई आर्थिक अबस्था नाजुक भएको कारण उपचारमा समस्या झेल्दै आएका छन् । बिरामीलाई उपचार खर्च जुटाउन कतारमा कार्यरत बिरामीका आफन्तहरु उत्तर कुमार पुरी, कृष्ण बहादुर बन र यादब पुरीको संयोजकत्वमा र खोटाङ सेवा समाज कतारको पहलमा संकलित १ लाख रुपया आर्थिक सहयोग खोटाङ सेवा समाजका पदाधिकारी तथा समाजसेबी कासीनाथ आचार्य अस्पतालमै पुगेर बिरामीलाई हस्तान्तरण गर्नुभएको हो ।
बिरामीको उपाचार हाल काठमाडौ थापाथली नर्भिक अस्पतालमा उपचार भैरहेको बिरामीका आफन्त तथा खोटाङ सेवा समाज कतारका कर्यसमिति सदस्य यादब पुरीले बताए । संस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै सेवा र सहयोगी भावनाका साथ पिडित पुरी लाई पनि आर्थिक सहयोग जुटाईएको हो । यस सहयोग अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगि हातहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend