logo
  • शनिबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,गुल्मी फागुन २१ ।

रेसुङ्गा नगरपालिका २ मा अबस्थित धागिथुम भगबती मन्दिर परिसरमा दिप प्रज्वलन गर्दै प्रधानमन्त्री केपि ओलिको मृगौला प्रत्यारोपण सफलता रुपमा सम्पन्न भै शिघ्र स्वास्थ्य लाभ प्राप्त होस भनि कामना गरिएको छ ।आज सम्पन्न भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य हिमाल कुंवर,अखिल नेपाल महिला संगठन, नगर कमिटी अध्यक्ष सिता बिश्वकर्मा,सचीव मिठ्ठु बोहरा, विद्यार्थी नेता नबिन अर्याल,युवा संघ नेपाल,जिल्ला कमिटी सदस्य सुरेश भण्डारि लगायत वडा कमिटीका सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटी २ ले गरेको थियो ।कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष सबिन बस्नेत शालिकले प्रधानमन्त्रीको खांचो देशलाइ अझै भएको,उहांको नेतृत्वमा नेपाली जनताले सुखी र समृद्द नेपाल हेर्न चाहेको बताउदै छिटो स्वास्थ्य लाभ गरि काममा फर्किने बिश्वास ब्यक्त गर्नुभयो । करौडौ नेपाली जनताको शुभकामना उहांसंग रहेको हुदा जागृत सपना फुल झै मुस्कुराउने समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend