साझा नेटवर्क
रमेश गिरि,प्यूठान फागुन २० ।
प्युठान नगरपालिका वडा न. ९ मरन्ठानामा सुनाैलाे हजार दिनका मातृशिशुहरूलाई पाेषण सामग्री वितरण गरिएकाे छ ।
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले सुनाैला हजार दिनका अामाहरूलाई ६० पिस अण्डा , १ पाेका सर्वत्ताेम पिठाे लगायतका पाेषण सामग्री वितरण गरेर कार्यक्रमकाे उदघाटन गर्नु भएकाे थियाे । उदघाटन कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्जुनकुमार कक्षपतीले गर्भवती अवस्था देखि २ वर्षसम्मका सम्पूर्ण नगरवासी अामाहरूलाई प्रत्येक वर्ष पाेषण सामग्री वितरण गरिने धारणा राख्नु भयाे । “स्वस्थ स्वास्थ्य नै धन ” भएकाेले सम्पूर्ण अामाहरूले अाफु र अाफ्ना सन्तानहरूकाे उचित स्याहारसुसार गर्न निर्देशन दिदै नगरप्रमुख कक्षपतीले नगरपालिका भित्र रहेकाे ६० वर्ष माथीका सम्पूर्ण नगरवासीहरूलाई घरदैलाेमा स्वास्थ परिक्षण तथा अाैषधि वितरण गरिदै अाएकाे जानकारी पनि दिनु भएकाे थियाे ।
प्युठान नगरपालिका वडा नम्वर ९ मा रहेकाे स्वास्थ्य चाैकिले दिएकाे तथ्यांक अनुसार ९ नम्वर वडामा ११० जना सुनाैलाे हजार दिनका अामाहरूलाई पाेषण सामग्री वितरण गरिएकाे हाे । गर्भवती भए देखि २ वर्षसम्ममा सवै ११० जना शिशुहरूकाे लागि पाेषण सामग्री वितरण गरिएकाे हाे । प्युठान नगरपालिका वडा न. ९ का वडा अध्यक्ष नेहरसिंह केसीकाे अध्यक्षतामा भएकाे पाेषण सामग्री वितरण कार्यक्रममा प्युठान नगरपालिका वडा न १० का वडाअध्यक्ष पदम गिरी तथा ९ नम्बर वडाका वडा सदस्य , स्वास्थ्य संस्थाका प्रतिनिधि , सुअाहारा कार्यक्रमका प्रतिनिधि , विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे कार्यक्रमकाे संचालन वडा सचिव ध्रुव वहादुर जिसीले गर्नु भएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend