logo
  • शनिबार, कार्तिक २२ २०८३

कोरोनाका कारण विश्वको भविष्य के हुन्छ अनुमान गर्न सकिदैन : विश्व स्वास्थ्य सङ्गठन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,काठमाण्डाै फागुन २० ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरसकोे कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ ।

सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् । कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयाे ।

सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ । चीनको वुहानबाट सुरु भएकाे कोरोनाको सङ्क्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट तीन हजार एक सय १९ जनाले ज्यान गुमाएका छन् भने ९० हजार तीन सय ३१ जनामा सङ्क्रमण भएको छ । त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

गएको २४ घण्टामा चीनमा ३२ र दक्षिण कोरियामा ६ जना गरि ३८ जनाको ज्यान गएको छ भने चीन, दक्षिण कोरिया, अमेरिकामा ६ सय ७ जना नयाँ सङ्क्रमित भेटिएको छ ।

९० हजार ९ सय ३१ जनामा सङ्क्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म ज्यान गुमाएका धेरै जना ८० वर्ष उमेर कटेका छन् भने ९ वर्ष उमेरमुनिका कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

श्रोत:उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend