logo
  • शनिबार, कार्तिक २२ २०८३

समृद्धि बाल क्लब गठन,अध्यक्षमा इभान्जेलिना श्री


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सीता बि.क,रुपन्देही फागुन १८ ।

बालबालिकाहरुकाे संरक्षणका लागि तिलोत्तमा नगरपालिका अन्तर्गत आभास दल,दल्का,केउलानी र जहडा टोल बिकास समिती गरि एक बाल क्लब गठन गरिएको छ ।

शनिबार तिलोत्तमा नगरपालिका जहडा आमा समुहको भबनमा वडा न. ७ काे वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डे काे अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्री को प्रमुख आतिथ्यतामा इभान्जेलिना श्री को नेतृत्वमा “बाल क्लब/समूह गठन तथा कार्यसंचालन निर्देशिका २०६९” अनुसार श्री समृद्धि बाल क्लब गठन गरिएको हाे । जसको उपाध्यक्ष आकृती डम्बरपाल राना,सचिब अनिसा ज्ञवाली,कोषाध्यक्ष आयुस कोइरे र सदस्यहरुमा सुमित परियार ,अनमिका लम्साल,आकास के सि,सन्ध्या श्री, इन्दु गुरुङ ,स्लिन पौडेल ,पृन्स श्री,रितेश गुरौ, गायत्री खरेल र सोनम बि क रहेका छ्न।

बालबालिकाहरुको सवाललाई थप बलियो बनाउन, बालबालिकाका बिभिन्न समस्या तथा सवालहरुलाई स्थानीय तहमा पुर्याउन्, संगठीत भएर गुणस्तरीय शिक्षा लागु गराउन, समाजमा भएका तथा हुने गरेका बिभिन्न बिकृति तथा बिसंगति घटाउन, व्यबहारीक रुपमा बालमैत्री बिद्यालय तथा समुदाय बनाउन बाल क्लब गठन गरिएको बताइएको छ । बाल क्लबले बालबालिकाको हक, हित, सामाजिक उत्तरदायित्व र जिम्मे्वार वहन र क्षमता अभिवृद्धिका लागि आवश्यक विभिन्न कार्यक्रम गर्न सहयोग गर्ने कार्यक्रममका प्रमूख अतिथि एबम्
तिलोत्तमा नगरपालिका प्रबक्ता सुरेन्द्र श्रीले प्रतिबद्धता व्यक्त गरे । उनले गठन भएको बालक्लबलाई बालबालिकाको क्षेत्रमा कार्य गर्न उत्प्रेरित गर्दै आवश्यकता अनुसारको सहयोग गर्न नगरपालिका कार्यालय र आफु सधै तत्पर रहेको उद्घोष गरे ।

बिद्यालयमा बालमैत्री क्रियाकलापहरु सञ्चालन गर्न, स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिकाहरुको सहभागिता गराई बालबालिकाहरुको क्षेत्रमा बजेट बिनियोजन गर्न, बाल बालकाहरुको अधिकार लागु भए नभएको अनुगमन गर्न क्लब गठन गरिएको उनको भनाई छ । बालबालिकाहरु अधिकारक्षेत्रकाे लागि, गाउँ घरमा शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुलाई स्कुलसम्म पुर्‍याउन वातावरण बनाए दिने, कसैको जन्मदर्ताकाे समस्या, अतिविपन्न परिवारका बालबालिकाहरुलाई उपयुक्त वातावरण मिलाई दिने,
बालबालिकाहरुकाे हकहित र बाल अधिकारक्षेत्र सम्बन्धि कार्यहरु गर्ने अभियानमा आफू प्रतिबद्ध रहने नब गठित क्लबका अध्यक्ष इभान्जेलिना श्रीले बताइन् ।

सम्पुर्ण सरोकारवालाहरुको भुमिका रहेमा बाल क्लब रुपन्देही क्षेत्रमा मात्र नभएर ५ नम्बर प्रदेशकै नमुना बाल क्लब बनाउन सफल हुने दाबी गर्दै उनले बाल क्लबको अहिलेको मूल लक्ष्य भनेकै टोललाई बाल मैत्री बनाउने र स्थानीय स्तरमा बाल मैत्री स्थानीय शासनको प्रबर्दन गर्ने भएको बताइन। कार्यक्रममा टोल बिकास सस्थाको अध्यक्ष राम प्रसाद भट्टराई ,तिल्लोतमा नगरपालिका ७ वडा सदस्य श्रीजना लोहनी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend