logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारको आठौ बनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
गुल्मी सेवा समाज कतारले आठौ बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम यसवर्ष पनि सम्पन्न गरेको हो । फेब्रुअरी २८ तारिखका दिन अल दोसरी जू पार्कमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष झबिन्द्र आचार्यको सभापतित्व तथा एनआरएन आईसीसी सल्लाहकार टि.वी. कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली प्रवासी एकता मंच कतारका सचिव मोहन कार्की, नेपाली जनसम्पर्क समिति कतारका सह-महामन्त्रीि केदारनाथ भुसाल, नेपाली समाज कतारका प्रमुख सल्लाकार देव परियार, एनआरएनए आइसीसी सदस्य केवि हमाल, प्रदेश नम्बर पाँच समन्वय परिषद कतारका उपाध्यक्ष ठाकुर कुमार परियार, नेपाल पत्रकार महासघं शाखा कतारका अध्यक्ष करिम बक्श मियाँ, चितवन युवा समुह कतारका अध्यक्ष रामहरि गैह्रे, समाजसेवी ईश्वर काफ्ले, समाजसेवी क्रान्ति सिंह, लगायत सामाजिक, वैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियन्ता लगायतको अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा  ६०० भन्दा बढी गुल्मेली एवं गैर गुलेम्लीहरुको उपस्थिति रहेको थियो ।

विधिवत रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान, मौन धारण समेत गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार अविरल पन्थीले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने संस्थाका प्रमुख सल्लाहकार बुद्ध पाण्डेले समाजले आयोजना गरेको कार्यक्रमबाट संकलित रकम जिल्लाका नगरपालिका तथा गाँउपालिकामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृति स्वरुप प्रदान गरिने बताउदै सस्थाको पृष्ठ भूमिको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गुल्मी सेवा समाजले हरेक बर्ष ऐतिहासिक कार्यक्रम गर्दै प्रवासमा मात्र नभएर जिल्लामा रहेका असाय जेहेन्दार बालबालिकाहरुको सहयोगार्थ संचालन गरिएको छात्रवृति अभियानलाई खुलेर चर्चा गरे । कार्यक्रममा नेपालबाट आउनुभएका वरिष्ठ राष्ट्रिय लोक तथा दोहोरी गायक बम बहादुर कार्कीको सोही दिन शुभ जन्मदिन परेकोले केक काटेर जन्मदिन मनाईएको थियो ।

कार्यक्रममा बम बहादुर कार्कीले खोला पारी निरमाया, पानको पात, तम्घास बजार पन्चेबाजा लगायतका गित गाए । दिपक परियारले हुग्दी सिरैले, जुराम तिथिमिति लगायतका गित गाए भने सरिता कार्कीले लाउछ माया, किन कुरो बुज्दैनौ, पन्चेबाज लगायतका गित गाइन । त्यस्तै पानको पात गितको भाकामा प्रत्यक्ष दोहोरीमा दर्शकहरु छमछमि नाचिरहेको देखिन्थ्यो भने त्यहाँको बाताबरण नै संगीतमय बनेको थियो । स्थानिय कलाकार ईश्वर भण्डारी, लक्ष्मी गिरी, लगाएतले आ–आफ्ना प्रस्तुति राखेका थिए ।

प्रमुख अतिथि टि.बि कार्कीले गुल्मी बासीहरुको एकतामा प्रशंसा गर्दै कतारका सामाजिक संघ संस्थाहरु मध्य गुल्मी सेवा समाज कतार पनि एक सकृय उर्जासिल संस्था रहेको र हरेक सामाजिक कार्यहरुमा एकताबद्धता रहि प्रवासमा मात्र नभएर आफ्नो गृह जिल्लामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका छात्रवृति सहयोगार्थ जस्ता सह्रानीय कार्यको खुलेर प्रशंसा गरे ।

गुल्मी सेवा समाज कतारले हरेक वर्ष आयोजना गर्ने बनभोज तथा सास्कृतिक कार्यक्रमले मनोरन्जन मात्र नभएर प्रवासमा छरिएर रहेका गुल्मेलीहरुलाई भेटघाट तथा पहिचानका लागि निकै ठुलो भूमिका खेलेको कार्यक्रममा उपस्थित गुल्मेलीहरुको भनाई रहेको थियो ।

प्रवासमा रहेर पनि बनभोज तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रीजना गरेकोमा गुल्मी सेवा समाज कतारलाई बिशेष धन्यवाद समेत दिए । कार्यक्रममा खाजा र खानाको राम्रो प्रबन्ध गरिएको थियो ।

कार्यक्रमलाई समापन गर्दै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति झविन्द्र आचार्यले गुल्मी सेवा समाज कतारले हरेक वर्ष जस्तै यसवर्ष पनि आयोजना गरेको आठौ वनभोज तथा सास्कृतिक कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउनका लागि आ-आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्नु हुने सम्पुर्णलाई विशेष आभार प्रकट गरेका थिए ।

कार्यक्रममा पाल्नुहुने विभिन्न संघ-सस्थाका प्रतिनिधि, पत्रकार, मिडियाकर्मी, बुद्धिजीवी, व्यवसायी लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोग र सदभावको अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव कमल अर्याल र दिपेन्द्र सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend