logo
  • शनिबार, कार्तिक २२ २०८३

गौमुखी गाउँपालिकाको आयोजनामा दोस्रो चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान फागुन १७ ।

गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा युथ मिडिया डेभलपमेन्ट सेन्टरको सहजीकरणमा गौमुखी गाउँपालिका प्युठानको आ.ब. २०७६/०७७ को दोस्रो चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यक्षता सङ्गै भएको कार्यक्रममा दोस्रो चौमासिक प्रतिबेदन प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले प्रस्तुत गर्नु भएको थियो । सार्बजनिक सुनुवाइको संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्दै पन्थीले १४६० घर परिवारले आफ्नो घरको छाना जस्तापाताले छाइसकेको र यो बर्ष ११६ घर परिबारको लागी जस्तापाता टेन्डर प्रक्रिया अगाडि बढेको र १९८ जना सहभागी अत्ने बहुउद्देश्यीय क्रन्कृत शैलीको सुबिधा सम्पन्न सभाहल निर्माणको क्रममा रहेको, वडा भबन ,बिधालयका पुर्बधार , कृषि ,खानेपानी ४ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गौमुखी गाउँपालिका नाममा ३ रोपनी जग्गा प्राप्त गरेको ,प्युठान जिल्लाले गौमुखी गाउँपालिकाको ऐतिहासिक धार्मिक पर्यटकिय तिर्थस्थल स्थल गौमुखीको पृष्ठभुमि बाट नेपाल भ्रमण बर्ष २०२० गौमुखी बाट शुभारम्भ गरिएको ,३ वटा वडामा ईन्टरनेट जडान ,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको तथ्यांक संकलन ,र मुख्यमन्त्री ग्रामीण बिकास लगाएतका कार्यक्रम भएको जानकारी गराउनु भयो ।

सो कार्यक्रममा सार्वजनिक सुनुवाइमा सहभागीको गुनासो प्रती गाउँपालिका अध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुले जवाफ दिनु भएको थियो।भने सहभागीहरुले कृषिको रकम रकमान्तर किन गरियो कर्मचारी अपुग ,स्वास्थ्य सेवाको बारेमा गुनासो राखेका थिए।भने स्थानीय तहमा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइको जवाफ दिदै अध्यक्ष गिरिले कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend