logo
  • शनिबार, कार्तिक २२ २०८३

मृगौला पिडित भुजेलद्वारा आर्थिक सहयोगको अपिल


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,गुल्मी फागुन १६ ।

गुल्मी जिल्ला रेसुङ्गा ८ खानिगांउ निबासी बर्ष ३८ का युगल भुजेल दुबै मृगौलाले काम गर्न छोडेपछी भैरहवाको एक हस्पिटलमा ह्प्ताको २ पट्क डाइलिसिस गर्दै जिबनको भिग मागिरहेका छन ।युवा अबस्थादेखी नै गुल्मिको फुटबलमा राम्रो योगदान दिदै आएका भुजेल सामाजिक गतिबिधिमा पनि संलग्न हुदै आएका थिए । तर दुइ महिना अघिदेखी मृगौलामा समस्या आएपछी अस्पतालको बेडमा छटपटाइरहेका छन । परिबारका तिन भाइमध्येका कान्छा छोरा भुजेलका दुइ छोरी र एक श्रीमति रहेकि छन । भुजेल दुइबर्ष अघि मात्रै बिदेशबाट फर्किएर सुबिसु नेटमा कर्मचारीको रुपमा काम गर्दै आएका थिए । सम्पतिको रुपमा सानो घर मात्रै रहेका भुजेलले भने – म बाचिन भने मेरो परिबारले दुख पाउछ ।

अत यहांहरुको सानो सहयोग पनि मेरो निम्ती अमुल्य ,जिबनभरी नभुल्ने गुन हुनेछ ।परिबारका सदस्यको मृगौला प्रत्यारोपणको निम्ती उपयुुक्त नहुदां उपचार महङ्गो भैरहेको जानकारी पिडितका दाजु डिल बहादुर भुजेलले दिए ।उनले देश,बिदेशमा रहेका सबै नेपालिहरुलाइ सहयोगको निम्ती अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend