साझा नेटवर्क
प्यार अलि खाँन,प्यूठान फागुन १६ ।
प्रतिकुल मौसम खेपीरहेको स्वर्गद्धारी प्यूठान चौँथो महोत्सवले विहिवार देखि रौनकता लिएको छ । २ दिन स्थगित भएको महोत्सव फागुन १५ देखि २२ सम्म चल्ने महोत्सव व्यवस्थापन मुल समारोह समितिका संयोजक केदारमान कक्षपतिले जानकारी दिए । विहिवार बहुचर्चित भाईरल बाल कलाकार कमला घिमिरेको प्रस्तुती हेर्न प्यूठानी दर्शकहरुले बाक्लो उपस्थिती जनाएका थिए । झण्डै ५ हजार भन्दा बढी दर्शकहरुले मेला अवलोकन गरेको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताए ।
घिमिरेसंगै चर्चित लोक तथा दोहोरी गायक कृष्ण रेउलेको प्रस्तुतीमा प्यूठानीहरुले छमछम नाचेर साथ दिएका थिए । चिया छानेको बोलीले हसाउन कत्ती जानेको बोलको गितमा रेउले र घिमिरेले दोहोरी समेत गायका थिए । आज शुक्रवार रमेशराज भट्टराई, निर आले, सिता राना र दिपु मगरको प्रस्तुती रहने सांस्कृतिक संयोजक यज्ञ बहादुर केसी (प्रभात) ले बताए । मौशम अनुकुलसंगै मेला पूर्णरपमा सफल हुनेमा आशावादी छौँ । प्रभातले भने, “सिंगो प्यूठानको अपनत्व छ यसलाई महा–उत्सवको रुपमा मनाउन संम्पूर्ण जिल्लाबासीहरुलाई आग्रह गरेका छौँ ।” विहिवार र शुक्रवार कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका महासचिव सुवास केसीले गर्नेछन् भने यहि १७ गते सनिवार लोकप्रीय गायक बद्री पंगेनी, चर्चित ब्याटल एंव लोक तथा दोहोरी गायिका प्रीती आले, मोडेल अंजली अधिकारी लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
मौशम सुधारसंगै वाँकी रहेको १ हप्ता प्यूठान महोत्सवमय हुने आयोजकले विश्वास लिएको छ । महोत्सवबाट हुने आम्दानीले उद्योग वाणिज्य सभाहलको निर्माण गरिने भएको छ । “सबै प्यूठानी व्यवसायीहरुलाई पायक पर्ने गरि बृहत वाणिज्य सभाहल बनाउछौँ ।” कक्षपतिले भने, “महोत्सवले भम्रण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण योगदान पु¥याउने छ ।” एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने तथा ८ करोड बराबरको कारोवार लक्ष्य राखिएको अध्यक्ष कक्षपतिको भनाई छ । यही फागुन ८ गतेदेखि २२ गतेसम्म झिमरुक नदि किनार गणतान्त्रीक खेलमैदान विजुवारमा संचालन भैरहेको स्वर्गद्धारी प्यूठान चौँथो महोत्सवले “उद्योग व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौँ” भन्ने मुल नारा बोकेको छ ।
कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला २०७६ मा स्थानीय उत्पादन, राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका उत्पादनको प्रदर्शनी तथा बजारीकरण गरिने संघका महासचिव कृष्णभक्त गिरीले बताए । “प्रदेस नं. ५ का मुख्य पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्नेछौँ ।” महासचिव गिरीले भने, “आन्तरिक पर्यटनलाई समेत बढवा दिन महोत्सव कोशेढुङ्गा सावित हुनेछ ।”
महोत्सवमा रमाईलो मेला, बाल उद्यान, स्थानीय प्रतिभाको प्रस्तुतीका साथै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती प्रत्येक दिन राखिएको आयोजकले बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend