logo
  • शनिबार, भाद्र २० २०८३

मलेशियाको जोहोरबारुमा नेपाली युवा मृत फेला


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बाबुराम थापा,मलेसिया फागुन १६ ।

मलेसियाको जोहोरबारु स्थित देसा चेम्बरर्लाङ भन्ने ठाउँमा कार्यरत एक नेपाली युवा कामदार मृत फेला परेका छन । बिगत दुई बर्षदेखि जोहोरबारुको देसा चेम्बरर्लाङमा अवस्थित ‘भि-कोट (v coat (m) sdn bhd कम्पनिमा कार्यरत नेपाल् ठेगाना रामेछाप वडा नम्बर १ गोठगाउँ निबासी पासपोर्ट नम्बर ०६९७८१५१ रहेका याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर आफ्नै कोठामा मृत अबस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत एक कामदारले जानकारी गराउनु भयो ।

उनको मृत्यको खवर पाए पछि आफन्तहरुले वैदेशिक राेजगार कन्सुलर बिभागमा निवेदन गरि घटनालाई गम्भीरतापूर्वक अनुसन्धन गरि दिनु हुन अनुरोध गरेका छन । मृत्युको कारण खुल्न नसकेपनि हत्या भएको आसंका गर्दै मृतकको लास प्रहरीकाे निगरानीमा राखिएको र उक्त घटनामा संलग्नता रहेको आसंकामा प्रहरीले एक,दुई जनालाई पक्राउ गरी आवश्यक छानबिन गरिरहेको नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव महेश्वरमणि त्रिपाठीले जानकारी गराउनु भयो ।

घटनाको सत्यतथ्य छानबिन,अनुसन्धानकाे नेपाली लागि दुतावास मलेसियाले उनी कार्यरत कम्पनी र प्रहरीलाई घटनाको बारेमा गम्भीररुपमा लिन र छानबिन पूरा भैईसकेपछि मृतकको शव नेपाल पठाउन प्रक्रिया अगाडी बढाउन भनीसकेको र उक्त घटना बारे बिस्तृत बिवरण सोमबार मात्रै जानकारी हुने द्धितिय सचीव त्रिपाठीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend