साझा नेटवर्क
अजय जेम्स, गुल्मी फाल्गुण १५ ।
गुल्मीको मदाने गाउँपालिका वडा नं ५ मलागिरीमा नव निर्मित स्वास्थ्य चौकी र वडा कार्यलयको उद्घाटन कार्यक्रम सम्मन्न भएको छ । बिहिबार नव निर्मित स्वास्थ्य चौकी र वडा कार्यलयको उद्घाटन पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोर्कणराज बिष्टले गर्नुभएको हो ।
गाउँपालिका उपाध्यक्ष सरिता खड्काको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बोल्दै सांसद बिष्टले सांसद बिष्टले अब सानो सानो उपचारको लागी सदरमुकाम धाउन नपर्ने वडा त्यसको सुविधा भएको बताउनुभयो । कार्यक्रममा बोल्दै सांसद बिष्टले बिकासका योजनाहरु तिब्ररुपमा बड्दै गइरहेको र अबको २/३ महिना भित्रै सबैको घरमा बत्ति पुग्नेगरी र जनता उज्यालोमा बस्ने गरी काम भईरहेको जानाकारी गराउनुभयो ।
त्यस्तै चुनाबका बेलामा बाचा गरे अनुसार जनता आवास कार्यक्रम अन्तर्गत खरका छाना बिस्थापन कार्यक्रम तिब्ररुपमा सफलता साथ अगाडि बडिरहेका जानकारी गराउदै वडामा १६० ओटा खरका छाना मध्ये अब १२ वटा घर मात्र बाकीँ रहेको र केहि समयमै वडा नं ५ का सबै घर खरका छाना मुक्तहुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालीका अध्यक्ष दान बहादुर केसिले वडा नं ५ अन्य वडाहरु भन्दा पछाडि रहेको तर अहिले वडामा आफ्नै स्वास्थ्य चौकी र वडा कार्यलय भएको र वडामा बिभिन्न विकासका काम संचालन भइरहेको ले अन्य वडाहरुको स्तरमा पुगेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य चौकीको लागी जग्गा दान गर्ने जग्गादाताहरु प्रेम बहादुर खड्का,तोर बहादुर खड्का,लेख बहादुर खड्का,दल बहादुर खड्का,लिला बहादुर खड्का,घन बहादुर खड्का,नुमा खड्का सम्मानित हुनुभएको थियो ।
वडाध्यक्ष हिमाल खड्काको अध्यक्षता रहेको कार्यक्रमको संचालक श्री पुर माध्यमिक बिद्यालयका शिक्षक विरेन्द्र खड्काले गनुभएको थियो । यस्तै सांसद बिष्टले सोहि दिन वडा नं ४ स्थीत म्यालपोखरी स्वास्थ्य चौकी तथा वर्थिङ्ग सेन्टरको पनि उद्घाटन गर्नुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend