साझा नेटवर्क
अनिल खत्री,गुल्मी फागुन १५ ।
गुल्मीमा आगोलागि हुँदा पशु चौपायाँ जलेर नष्ट भएका छन् । बिहिवार दिउँसो जिल्लाको इस्मा गाउँपालिकावडा नम्बर–५ दमारा स्थित राजु घर्तिको घरमा आगोलागि भएको हो ।
आगोलागिबाट घरमा रहेका १० वटा बाख्रा, १ गाई जलेर नष्ट भएको इस्मा गाउँपालिका कार्यपालिका सदस्य बोमबहादुर कुमालले जानकारी दिए । आगोलागिबाट २ गाई जलेर घाइते भएको बताइएको छ । घरको छेउमा बाधेका बाख्रा गाई आगोलागिमा परेका थिए । आगोलागिबाट २ तले खरको छाना गरेको घरमा रहेको अन्तपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो बच्चा बच्ची खेल्ने क्रममा लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । आगो स्थानीय वासी, प्रहरी लगायतले नियन्त्रणमा लिएका थिए । आगोलागिबाट करिब ३ लाख वढि क्षेती भएको हुन सक्ने अनुमान गरिएको कार्यपालिका सदस्य कुमालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend