logo
  • शनिबार, कार्तिक २२ २०८३

रम्तेलको स्मृति दिवसमा अनेरास्ववियूद्वारा शैक्षिक सामाग्री वितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पाेखरेल,गुल्मी फागुन १५ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विध्यार्थीहरूकाे संगठन अनेरास्ववियू गुल्मीले जिल्लाका विभिन्न विध्यालयका विध्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको २५ औ स्मृति दिवसको अवसरमा जिल्लाका तीन विध्यालयका ५४ विध्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे हाे । धुर्कोट गाँउपालिका वडा नम्बर ४ को पाञ्चायन माध्यमिक विद्यालयका १५ जना गरिब तथा जेहेनदार विध्यार्थीहरूलाई कापि, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएकाे जिल्ला सचिवालय सदस्य राजन केसिले जानकारी दिए ।

कार्यक्रममा नेकपा धुर्काेट गाँउपालिका अध्यक्ष गाेपाल कुँवर, प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थी, अनेरास्ववियू केन्द्रीय सदस्य घनश्याम खरेल, जिल्ला सचिवालय सदस्य रमेश पाण्डे लगायतकाे उपस्थित रहेकाे थियाे । अनेरास्ववियूले इस्मा गाउँपालीका वडा नम्बर २ स्थित पालुखा माध्यमिक विद्यालयमा २९ जना विध्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेकाे छ । कक्षा ६ देखि ९ सम्मका गरिब तथा जेहेनदार विध्यार्थीहरूलाई १०/१० वटा कापि र कलम प्रदान गरेकाे संगठनका जिल्ला सचिवालय सदस्य नविन अर्यालले बताए ।कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य टीका रेश्मी, अनेरास्ववियूका केन्द्रीय सदस्य काशीँ पाण्डे, जिल्ला संयाेजक राजेन्द्र विक्रम कुँवर, सचिवालय सदस्य श्रीराम महत लगायतकाे उपस्थिति रहेकाे थियाे । रुरुक्षेत्र गाँउपालीका ४ र ५ को जनबोध माध्यमिक विद्यालयमा पनि अनेरास्ववियूले शैक्षिक सामाग्री बितरण गरेकाे छ । कक्षा १ देखि १० सम्मका १० जना विध्यार्थीलाई एक/एक दर्जन कापि र एक/एक दर्जन कलम प्रदान गरेकाे संगठनका जिल्ला सचिवालय सदस्य किसन पाण्डेले जानकारी दिए ।

कार्यक्रममा संगठनका जिल्ला सह-संयाेजक भरत चन्द, नेकपाका जिल्ला सचिवालय सदस्य नारायण पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend